जोर्डनमा गाडीले किचेर ३ वर्षे नेपाली बालिकाको मृत्यु…

police

हिंजो साँझ ८ बजे हङकङको जोर्डनमा ३ वर्षे लिम्बू थरकी नेपाली बालिकाको गाडीले किचेर मृत्यु भएको छ ।

स्रोतका अनुसार एक्लै बाटो काटिरहेकी बालिकालाई ४८ वर्षे चिनाले कुदाइरहेको सात सिटे कारले धक्का दिई २ सय मिटर सम्म घिसारेको थियो । प्रत्यक्षदर्शीले गाडी मुनि बच्चा परेको देखेर भ्यानलाई रोकेका थिए, फेरी स्ट्रिट देखि मंकोक तर्फ जाँदै गरेको ड्राइभरले बालिकालाई नदेखेको दाबी गरेका थिए । बच्चालाई उध्दार गरी कोङ वा अस्पताल लगिए पनि टाउकोमा लागेको गंभीर चोटको कारण राति नै १० बजेतिर उनको निधन भएको बताइन्छ ।

धेरै जसो नेपाली बालबालिका खेल्ने पार्क रहेको  जोर्डनको फेरी स्ट्रिटमा यस अघि पनि बाटो काट्दा एक बालकले ज्यान गुमाएका थिए । यस दुखद घटना प्रति हत्तेरी डट कम दुख प्रकट गर्दै शोक सन्तप्त परिवारमा समवेदना ब्यक्त गर्दछ ।

limbu girl

घाइतेँ बालिका

driver

अभियुक्त ड्राइभर

स्रोत- शिङ ताउ

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *