छिमेकीको हत्या गरी आत्महत्या

साम सुई पो मा हिंजो राति करीब १२ बजे एक ६८ वर्षे पुरुषले ५९ वर्षे छिमेकीको हत्या गरी आत्महत्या गरेको समाचार छ ।

ताइ नान स्ट्रिटमा रहेको ६ तले घरको सब डिभाइडेड फ्ल्याट सेयर गरेर बस्ने उनीहरुबीच पानीको बिल तिर्ने बारेमा झगडा रहेको बताइन्छ ।
झगडाको क्रममा ६८ वर्षे चु ले ५९ वर्षे झाउलाई छुरा र ह्यामरले प्रहार गरी बेहोस तुल्याएर मृतकको फ्ल्याटमा आगो सल्काई आफू चैं झ्यालबाट हाम्फालेको बताइन्छ ।
पानीको बिल बराबर ३ परिवारबीच बाँडफाँड गर्नुपर्ने नियम रहेकोमा बेरोजगार रहेका चु ले धेरै पानी चलाएको बारे उनीहरुबीच बाझो भएको बताइन्छ ।
मृतक आफ्नी श्रीमतीसँग बस्ने गरेकोमा घटनाको बेला श्रीमती चीनमा रहेको बताइन्छ भने अर्को कोठामा बस्ने ८० वर्षे वृध्दा सुतिसकेकी थिइन् ।

अभियुक्त चु को कोङवा अस्पतालमा मृत्यु भयो । घटनास्थलमा आगो निभाउन ८ वटा दमकल र ५० जना फायरम्यान खटाइएको थियो ।

हङकङ सानो शहर हो, कतिपय अवस्थामा यहाँ बिजुली, पानी, ट्वाइलेट, बाथरुम, किचेन, गल्ली आदि आदि सेयर गर्नुपर्छ, त्यस्तोमा साह्रै किचलो नगर्नु नै राम्रो होला, नत्र यस्तो घटनाको सामना गर्नुपर्ने हुन्छ ।सुरक्षित रहौं,सुखी रहौं !

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *