चेङ सा वान प्लाजामा हमला…

 

आज बिहान करीब १० बजे चेङ सा वान प्लाजामा एक ३५ वर्षे चेङ थरका चिना युवक र उनको पार्टनरमाथि सांघातिक हमला भएको छ ।

प्लाजाको २ नम्बर ब्लकमा रहेको फाइनान्स कम्पनीमा कार्यरत उनीहरुलाई कारबाट निस्के लगत्तै पार्किङमा नकाबधारी २ आक्रमणकारीले धारिलो हतियारले हमला गरेको बताइन्छ । चेङ र उनका साथी भाग्दै सेक्युरिटी भएको ठाउँमा पुगेपछि आक्रमणकारीहरु भागेको बताइन्छ । गार्डले तत्काल पुलिसलाई रिपोर्ट गरेका थिए ।

चेङको ढाड, छाति र हातमा चोट लागेको बताइन्छ भने उनको साथी सकुशल रहेको बताइन्छ । घाइतेँलाई उपचारको लागि प्रिन्सेस मार्गरेट अस्पताल लगिएको थियो । अन्दाजी ३०-४० वर्षका अभियुक्तहरुको खोजी पुलिसले गरिरहेको छ ।

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *