चुङकिङमा लुटपाट..

chunk king

आइतबार राति साढे नौ बजे एक भारतीय पर्यटकलाई लुटपाट र कुटपिट गरेको अभियोगमा ५ जना दक्षिण एसियाली नागरिकलाई पुलिसले पक्राउ गरेको छ ।

चुङ किङ मेन्सन नजिकैको बाटोमा पीडितलाई उनीहरुले आक्रमण गरी लुटपाट गरेका थिए, पुलिस आइपुग्नु अगाडि नै भागेका उनीहरुलाई सोमबार पुलिसले पक्राउ गरेको हो । पीडितलाई उपचारको लागि अस्पताल लगिएको थियो ।

Indian People Arrested in Hong Kong Tsim Sha Tsui Last Night in Robbery Case. They Robed People Money and Jewellery’s in Tsim Sha Tsui and Some other Places in Hong Kong.

Posted by Choudhary Shahid on Monday, 1 February 2016

१० दिन पहिले घुम्नको लागि आएका ४३ वर्षे भारतीय पर्यटकको सुनको सिक्री र नगद सहित लगभग २७ हजार डलर उनीहरुले लुटेको बताइएको छ ।

२४ देखि ३७ वर्षका ती आक्रमणकारीहरु शरणार्थी निवेदकहरु भएको पुलिसले बताएको छ । बढ्दो गैह्रकानुनी रुपमा हङकङ प्रवेशलाई नियन्त्रण गर्न सरकारले भारत,बंगलादेश, भियतनाम, इन्डोनेशियाली हरुलाई खुल्ला भिसा नीतिमा रोक ल्याउने छलफल गरिरहेको बताइन्छ ।
हामी नेपालीलाई त उहिलेदेखिकै रोक छ, र पनि विभिन्न तरिका र बहानामा आफ्नो जनसंख्या बढाइरहेकै छौं , “व्हेन् देयर इज टेक्निक, देयर इज् नो छेक्निक्”, होइन त?

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *