चिम सा चुई मा दुर्घटना १ को मृत्यु ४ घाइतेँ…

आज बिहान सवा आठ बजे चिम सा चुईमा ट्याक्सीलाइ बसले ठक्कर दिँदा १ जनाको मृत्यु हुनुको साथे ४ जना घाइतेँ भएका छन् ।

नाथन रोडबाट मोडी रोड तर्फ मोडिँदै गरेको ट्याक्सीलाई ८७ डि रुटको के एम बी बसले ठक्कर दिँदा बसमा सवार एक वृध्द महिला बेहोस भइन् ,उनको क्वीन एलिजाबेथ अस्पतालमा मृत्यु भयो ।
बसमा सवार अन्य २ महिलाको साथै बस ड्राइभर र ट्याक्सी ड्राइभर पनि घाइतेँ भएको बताइन्छ । बसको ठक्करले रेलिङ भत्काएर ट्याक्सी फुटपाथमा छिरेको थियो ।

 

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *