गोलीकाण्डकी अभियुक्त प्रोफेसनल बडी गार्ड…

क्वेरी बे पार्क गोली काण्डका दुई घाइतेँहरुको निधन भएको छ भने दुईजना खतरामुक्त रहेको बताइन्छ ।

८० वर्षे वृध्दा महिलाको हिंजै पामेला अस्पतालमा निधन भएको थियो भने ६२ वर्षे पुरुषको आज दिउँसो २:४१ मा निधन भयो ।
आजका समाचारपत्रहरुमा क्वेरी बे पार्क गोली काण्डकी अभियुक्त ४४ वर्षे अडा भनिने चिम सम किटको बारेमा विस्तृत जानकारी आइरहेको छ ।

बजूको शेषपछि मामा र छ्यामाहरुसँग ८० लाख डलरमा बिक्री गरिएको फ्ल्याटको संपति बाँडफाडलाई लिएर किचलो भएपछि
उनले गोली चलाएको खुलेको छ । अडाकी आमाको भने सन २०१५ मा मृत्यु भइसकेको बताइन्छ ।
चुङ् क्वान ओ को किन चिङ हाउसको १५ औं तलामा बस्ने किट हाल भने चीनमा महिला बर्डी गार्डको माग रहेकोले उता कार्यरत रहेको बताइन्छ ।

उनले बिना दर्ताको BodyGuard01 नाम गरेको कम्पनी चलाइरहेको बुझिएको छ । कम्पनीको वेबसाइटमा हङकङ,मकाउ, लगायत विदेशमा भि आई पी हरुलाई सुरक्षा प्रदान गर्ने गरेको जनाएको छ ।
वेबसाइट हेर्नलाई यहाँ क्लिक गर्नुहोस्,

बन्दुक सम्बन्धि कडा नियम रहेको हङकङमा बडीगार्डहरुलाई समेत बन्दुक बोक्ने सहुलियत नभएकोमा अडाले इटालियन पेस्तोल र गोली कसरी भित्र्याइन् त्यो अनुसन्धानको विषय बनेको छ ।

 

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *