गुडिया बनाएर डि आइ डी लाई पर्‍यो फसाद

nazi_figurine_0 bastian_2_0

हङकङको गुडिया कम्पनी ड्रागन इन ड्रिम (डि आइ डि) ले हिट्लरको जर्मन नाजी सेनाको गुडिया बनाउँदा जर्मन राष्ट्रिय फुटबल टोलीका कप्तान बास्टियन स्वेनस्टेगरको हुलिया प्रयोग गरेकोमा विवादित बनेको छ ।

डि आइ डि ले आफ्नो प्रतिरुप र नामको प्रयोग गरी नाजी सैनिकको गुडिया बनाएकोमा आपत्ति जनाउँदै म्यान्चस्टर क्लबका खेलाडी बास्टियनले डि आइ डी लाई मुध्दा ठोक्ने घोषणा गरेपछि डि आइ डि लाई संकट परेको छ ।

३१ वर्षे मिडफिल्ड खेलाडी बास्टिनलाई नक्कल गरेको अस्वीकार गर्दै डि आइ डि का कर्मचारी प्याट्रिक च्यानले भने ,”सबै जर्मनको हुलिया एकैखालको हुन्छ र बास्टियन त्यहाँ बहुप्रचलित नाम हो” ।

लुगा फेरिदिन मिल्ने ३० सेन्टिमिटर अग्लो यो गुडियालाई “दोस्रो विश्वयुध्दमा सैनिक खटाउने बास्टियन” नामाकरण गरिएको यो गुडियाको दाम १ हजार डलर रहेको छ । डि आइ डी ले यसभन्दा अघि स्टालिन र चर्चिलको गुडिया बनाइसकेको छ।

This entry was posted in News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *