खसेर वेल्डरको मृत्यु..

lpark

चुङ क्वान ओ को लोहास पार्क नजिकैको साइटमा काम गर्दा गर्दै आज दिउँसो २ बजे खसेर ५५ वर्षे चिना कामदारको मृत्यु भएको छ । वेल्डर पेशामा कार्यरत उनी उचाईंमा काम गर्ने क्रममा संतुलन गुमाएर ८ मिटर माथिबाट खसेको बताइन्छ । उनलाई तत्काल उपचारको लागि चुङ क्वान ओ अस्पताल लगिए पनि बचाउन सकिएन ।

मृतकको परिवारमा अशक्त श्रीमती सहित ६ जनाको परिवार रहेको र परिवारको खर्च धान्ने एक मात्र रोजगार रहेको बुझिन्छ ।

लेबर डिपार्टमेन्टले घटनाको सत्यतथ्य पत्तो लगाउन छानबिन अगाडि बढाएको बताइन्छ ।

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *