काउलुन वेस्टमा कसले जित्यो चुनाव?

सन २०१६ मा भएको आम निर्वाचनपछि शपथ ग्रहण गर्ने क्रममा ढंग नपुर्‍याए पश्चात् पद खारेजीमा परी खाली भएका ६ निर्वाचन क्षेत्रमध्ये पाँचौं क्षेत्रको उप-निर्वाचन हिंजो सम्पन्न भयो ।
हिंजो काउलुन वेस्ट अन्तर्गत पर्ने याउ चि मोङ, साम सुई पो र काउलुन सिटी डिस्ट्रिक्टमा मतदान भएका थिए ।

आमनिर्वाचनमा वेस्ट काउलुनबाट जितेकी लोकतन्त्रपक्षधर लाउ सिउ लाई बर्खास्त भएर खाली भएको पदमा यसपटक बेइजिङ् पक्षधर मानिएकी ५ नम्बर चुनाव चिन्हवाली रेबेका चान निर्वाचित भएकी छिन् भने उनका निकटतम् प्रतिद्वन्द्वी लि चुक यान रहेका छन् । रेबेकाले कुल १ लाख ६ हजार ४५७ मत पाएकी छिन् भने लेबर पार्टीका लि चुक यान ले ९३ हजार ४७ मत पाएका छन् ।

चान स्वतन्त्र उम्मेदवार भने पनि उनलाई बेइजिङपक्षधर डि ए बी पार्टीको समर्थन रहेको थियो । आफूलाई हङकङस्थित बेइजिङको संपर्क कार्यालयले चुनाव जित्न सघाएको आरोपको रेबेकाले खण्डन गरेकी छिन् ।

डि ए बी पक्षधर रहिआएका हङकङ नेपाली महासंघका पदाधिकारीहरु खुलेरै ५ नम्बरको पक्षमा चुनाव प्रचार प्रसारमा लागेका थिए भने नेपाली कन्सट्रक्सकन मजदूर युनियनका साथीहरुले ३ नम्बरे लि चुक यानलाई समर्थन गरेका थिए ।

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *