कन्स्ट्रक्सन कामदारको खसेर मृत्यु !

आज बिहान ०९:२१ बजे डायमंड हिल स्थित  एक बिल्डिङको २६ तलाको  स्काफल्डिङमा  काम गरिरहेका  ५१  बर्षिय ‘लि’ थर गरेको कन्स्ट्रक्सन कामदारको खसेर मृत्युु भएको समाचार छ ।
जानकारी अनुसार दुइ कामदार हिजोबाट उक्त तलाको आल्मुनियम झ्याल  निर्माणमा जुटेका थिए।
घटना लगत्तै अल्लार्म द्वारा प्रहरी तथा एम्बुलेन्सलाई खबर गरिएको थियो । प्रह्ररी तथा  लेवर डिपार्टमेन्टद्वारा घटनाको अनुसन्धान भइरहेको बताइएको छ।

बिशेषगरि कन्स्ट्रक्सनमा काम गर्नको निम्ति लेवर डिपार्टमेन्टले आवश्यक  तालिम  तथा सुरक्षा सम्बन्धि  उपकरणहरुको जानकारी तथा उपलब्ध गराइ योग्य ब्यक्तिहरुले मात्र उपयुक्त काम गर्न पाउने  ब्यवस्था छ ।

– कन्स्ट्रक्सनमा काम गरिरहनु भएका हत्तेरीका प्रिय  पाठकहरु !
“सेफ्टी फस्ट !” आवश्यक उपकरणहरु प्रयोग गर्न कन्जुस्याइँ नगर्नु होला ! जीवन अमूल्य छ हगि ?

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *