आपत्तिजनक मेसेज पठाएकोमा पुलिसको जागिर खतरामा..

महिला सहकर्मीलाई आपत्तिजनक मेसेज पठाएको आरोपमा चीफ इन्स्पेक्टर राजेन्द्रपाल सिंह पन्नुको जागिर बर्खास्तगीमा पर्ने संभावना रहेको छ ।
सन २०१५ मा कुन्तोङमा कार्यरत छँदा पुलिस स्टेसनमा भएको क्रिसमस पार्टी मनाई घर जाँदै गरेकी महिला प्रहरीलाई उनले फोन मेसेजमा गुप्ताङ्गको तस्वीर र नग्न भिडियोहरु पठाएको बताइन्छ ।मेसेज पठाएपछि उनले महिलालाई मेसेज पाए नपाएको फोन गरेर सोधेको बताइन्छ ।

पुलिसको अनुशासन समितिले यस मामिलामा सुनुवाई भैरहेको पुष्टि गरेको छ ।
२३ वर्षदेखि पुलिसमा कार्यरत पन्नुको बाबु र बाजेले पनि हङकङ पुलिसमा सेवा गरेको बताइन्छ ।

एक छिनको जवानीको जोश सम्हाल्न नसक्दा पाजीले बाउ-बाजेको इज्जत त फाले नै जागिर र पाउँदर पेन्सन सुविधा पनि खोलै खोला बगाए जस्तो छ , हगि?

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *