आकाशतिरबाट एक्कासि मान्छे खसेर गाडीमाथि

man fall from sky

मंगलबार साँझ ५ बजे दुई जना चढिरहेको ७ सिटे भ्यान वान्चाईमा ट्राफिक बत्तीमा रोक्दा आकाशतिरबाट एक्कासि मान्छे खसेर गाडीमाथि बजारियो । अप्रत्याशित घटनाले गाडीमा सवार चालक माक र उनका सहयात्री वोङ् यति अत्तालिए कि वोङ् लाई त उध्दारकर्मीले तानेर गाडीबाट निकाल्नु पर्‍यो।
खस्ने ब्यक्ति २९ वर्षे ली थरका युवक बताइएको छ, उनको पर्स र ज्याकेट २२ औं तलामा भेटिएको थियो । ली लगायत वोङ र माकलाई अस्पताल लगियो, ली लाई अस्पतालले मृतक घोषणा गर्‍यो ।
आत्महत्या हो वा कुनै अन्य कारणले मृत्यु भएको हो भन्ने प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

मंगलबार ७ सीटे भ्यानहरुको लागि अशुभ रहेको देखियो,  भ्यान चलाउँदा चलाउँदै एउटा ढुंगा  अचानक एउटा ढुंगा उडेर आई टाउकोमा लाग्दा एक भूतपूर्व प्रहरीको मृत्यु भएको थियो , हलिउड फिल्म ‘फाइनल डेस्टिनेशन’ जस्तो घटना!

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *