आईतबार उडेको पाराग्लाईडर अझैै सम्म गायब !

पाराग्लाईडर ४४ बर्षिय चुङ हराएको आज ४ दिन भइसकेको छ । गत आईतबार २ बजे हङकङ लान्ताउ साउथ कन्ट्री पार्कको “सन सेट” पिक बाट १० जना पाराग्लाईडरको समूह छुटेको मध्ये चुङ गायब भएका थिए, चुङ हराएको सुचना प्राप्त भए लगत्तै प्रहरी, फायर फाइटर तथा हङकङ पाराग्लाईडिङ एसोसिएसन लगायतका उद्धार टोलीले आईतबार करिब ७:४० बजे बाट खोजि कार्य सुरु गरेको थियो ।
हेलिकप्टर सहित १०० बढि उध्दार टोली खटिरहेका छन् , प्रहरी,फायर ,नागरिक उध्दार सेवा अधिकारी लगायत पाइलट सहित ४० पाराग्लाईडर स्वयंसेवकहरुले २४अौँ घन्टा संभावित वरपरका स्थानहरुमा तिब्र खोजि कार्य गरिरहे पनि हाल सम्म कुनै पत्तो लगाउन नसकेको बताएका छन् , पाराग्लाईडिङ एसोसिएसनको उनकै साथीले  प्रयोग गरेको मोबाईल फोन डेटा रिडरले सोमबार सम्म त लान्ताऊ पिक आसपास नै सिग्नल दिएको थियो , तर आज बाट भने कुनै सिग्नलहरु नपाईए पछि उनको मोबाईको ब्याट्री सकिएको अनुमान गरिएको छ । चुङको खोजि कार्य तथा पहिचानका लागि   विभिन्न निकायहरुको साथमा हङकङ  मौषम विभागले पनि आपतकालिन सेवा अन्तर्गत मोबाईल फोन डेटा रिडर , भु मौषम तथा वायु डेटा उकरणहरुको प्रयोग गरिरहेको जनाईरहेको छ, भने उध्दारकर्मीहरु अझै सम्म चुङको खोजी कार्यमा हार नखाई खोजिरहेको समाचार छ ।

– हत्तेरी ! यत्रो दिन सम्म त चुङको के हाल भइसक्यो होला हगि  ! ?जिवित भए नि मृत भए नि चाँडै पहिचान होस् ..!!

This entry was posted in Hong Kong, News. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *