गत बिहिबार वेश्यावृत्तिमा संग्लग्नहरुलाई पक्राउ गर्ने क्रममा अवैध रुपमा बसिरहेको आरोपमा मेनल्यान्ड चाइनिज युवतीलाई पक्राउ गरेको थियो ।
उनलाई नर्थ प्वाइन्ट पुलिस स्टेसन लगिएको थियो, उनले जेलमा आफ्नो पर्स चेक गर्दा ३ हजार डलर हराएको बताइन् । पुलिसले सिसिटिभी जाँच गरी युवतीको पैसा चोरेको अभियोगमा दुई पुलिस जवानहरुलाई त्यसै दिन पक्राउ गरेको छ ।
युवतीले औपचारिक रुपमा पुलिस रिपोर्ट नगरे पनि डिपार्टमेन्टले दोषी विरुध्द सख्त कार्यवाही गर्ने जनाएको छ ।
हुन पनि देह ब्यापार गरेर कमाएको पैसामा पनि हात लामो गर्न पछि नपर्ने पुलिसले कसरी नागरिक सुरक्षाको प्रत्याभूति दिने त, हगि?
pic: for illustration only