हङकङको गोल्ड कोस्टमा ‘डायरी’को अनावरण!

हङकङको क्याफे वान बीचमा आज मनु कन्दङवा लिम्बूद्वारा रचित गीतहरुको संगालो ‘डायरी’ को विमोचन भएको छ ।

परम्परागत रुपमा गरिने औपचारिक कार्यक्रमहरु भन्दा फरक रहेर साथीभाइहरुबीच बिबिक्यु पिकनिक कार्यक्रममा एल्बमको विमोचन गरिएको थियो ।

मनुका ५ रचना रहेको गीति एल्बमका सबै गीत सिक्किमेली संगीतकार पूजन लोहागणले गरेका छन् । अनुपमा प्रधानले ३ गीतमा स्वर भरेकी छिन् भने निखिता थापा र सुनिता थेगिमले १-१ गीत गाएका छन् ।
गीतहरुको एरेन्ज सुमित विश्वकर्मा, गोपाल रसाइली, चाँद सिं र फणिन्द्र राईले गरेका छन् भने मिक्सिङ र मास्टरिङ मिन बिष्टले गरेका छन् । बजारमा चलिरहेका गीतहरु भन्दा फरक शैलीका मनुका गीतहरुलाई लोकार्पण पनि मनुले फरकै शैलीमा गरेकी छिन् ।

वरिष्ठ संगीतकार दिनेश सुब्बा, वरिष्ठ गायक ज्ञान सुब्बा लगायत नेपालबाट आएकी अतिथि गायिका तायाहाङमा राईको पनि कार्यक्रममा उपस्थिति थियो ।
गीतकार छेवाङ लामा र रबिन राई, कवयित्री सुनिता गिरी, लेखिका इन्द्र थेगिम, रेनु राई, र डोमा शेर्पाले पनि कार्यक्रममा सहभागिता जनाएका थिए । अनौपचारिक रुपमा
कार्यक्रममा गीत संगीत सुन्ने र आजकाल चलेका ट्रेन्ड र हामीले अवलम्बन गर्नुपर्ने पध्दति सम्बन्धी छलफल गरिएको थियो ।

विशेष अतिथिका रुपमा उपस्थित कवयित्री सुनिता गिरीका बाबा नारायण ‘प्यासी’ले
मुद्रा नीति र अर्थ सम्बन्धि केही जानकारी बाँड्नु भएको थियो , वहाँ नेपाल राष्ट्र बैंकका निवर्तमान उपनिर्देशक हुनुहुन्छ ।

नेपालबाट हङकंङ भ्रमणमा रहेकी तायाङमाले आफ्नो गीति एल्बम ‘कान्छी’ सबैलाई उपहार प्रदान गरेकी थिइन् भने गीतकार हेम लावतीको रचना र दिपक जंगमको संगीतमा रहेको
उनको एक गीतको सुटिङ पनि गरिएको थियो ।

मनु कन्दङवाको एल्बम ‘डायरी’ का २ गीत युट्युबमा समेत उपलब्ध छन्, सुन्नुहोला है!

 

 

 

This entry was posted in Arts & Entertainment. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *