‘सिम सिम पानी’ लिएर आए कृष्णभक्त

लामो समयदेखि हङकङ बसोबास गरिरहेका  कृष्णभक्त महर्जनले पहिलो पटक नेपाली भाषाका गीत लिएर आएका छन् ।

संगीतकारिताकै लागि रोजगारी भिसामा  हङकङ प्रवेश गरेका महर्जनले  ब्यवसायिक तबलावादकका रुपमा थुप्रै साल गजल रेस्टुरेन्टहरुमा सुरुवाती दिनहरु बिताएका  थिए । हाल हङकङका स्थायीवासी रहेका उनी सपरिवार बसोबास गरिरहेका छन् ।

उनको संगीत र छोरी सोनम महर्जनको स्वरमा “नेपाली छोरी” एल्बम निस्किसकेको छ भने उनको आफ्नै संगीत र गायन रहेको नेपाल भाषाको डि भि डी पनि  आइसकेको छ ।

निम्न गीत भने उनको स्वरको पहिलो नेपाली भाषाको गीत रहेको छ , “सिम सिम पानी” बोल को यस गीतमा कृष्णकै शब्द र संगीत रहेको छ भने गोपाल रसाइलीको संगीत संयोजन र मिन बिष्टको ध्वनि सम्मिश्रण रहेको छ । सृष्टी खड्का र सागर लोप्चन अभिनित भिडियोलाई सोनम पाख्रिनले निर्देशन गरेका हुन् , संपादन विकास दाहालको र क्यामेरा उत्सव दाहालको रहेको छ । सागर लोप्चनकै नृत्य निर्देशन रहेको यो भिडियो नृत्यका पारखीलाई विशेष मनपर्नेछ ।

 

 

This entry was posted in Arts & Entertainment. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *