मिन बिष्टले ल्याए 3D नेपाली गीत…

कला साहित्य चेप्टो हुनु हुँदैन भनेर उहिल्यै आयामेली साहित्यकारहरुले तेस्रोआयामको साहित्यिक आन्दोलन गरेका हुन् ।
विश्व संगीतमा गीतको प्रस्तुति र विषय वस्तुको विविधताले गर्दा त्यो चेप्टोपना देखिँदैन तर नेपाली गीतहरु भने युवायुवतीबीचको मायाप्रीतिको विषयमा एक स्थाई र दुई समान लय र मात्राका अन्तराहरुमा बाँधिने गरिएको छ । यसैमा मात्रै सीमित रहेर चेप्टोपनाको आभाष दिइरहेको सबैले महशुस गरिएको हो । इन्द्रिय ज्ञानले अनुभूत गरेको संसार नै वास्तविक सत्य नहोला तर बहुसंख्यकले सजिलै मान्ने र विश्वास गर्ने संसार त 3D छ । त्यसैले प्रविधिको विकास सँगै 3D Films, 3D Games को अत्यधिक
माग छ । दृश्यमा मात्रै तेस्रो आयाम हुँदैन,ध्वनिमा पनि तेस्रो आयाम हुन्छ । आँखा चिम्लेर हामी ध्वनि सुनेको भरमा कुनै वस्तुको पहिचान र त्यसको दूरीको अनुमान गर्न सक्छौं । प्रविधिको यो उपयोग संगीतमा गर्दै नेपालमा पनि मीन बिष्टले 3D गीत निकालेका छन् ।

लक्ष्मी प्रसाद घिमिरेको शब्द, दिपा लामा र राम धिमालको स्वरमा मिन आफैले संगीत भरेको “ईश्वरले तिमीलाई फुर्सदमा हो कि प्रेमले बनाको” बोलको गीतलाई मीनले 3D मा प्रस्तुत गरेका छन् । सधैं प्रविधिमा केही न केही नौलो प्रयोग गरिरहन रुचाउने मिनले हेडफोन अनिवार्य लाएर सुन्ने आग्रह गरेको यस गीतमा बाजाहरु विभिन्न स्थानबाट बजेको सुन्न सकिन्छ, जसले गर्दा कुनै पहाडी इलाकामा प्रेममा लिप्त भएर नाच्दै गाउँदै गरेका युवायुवतीको दृश्य स्रोताको मस्तिष्कमा निर्माण गर्न यो गीत सक्षम छ ।

नेपाली गीत संगीत क्षेत्रमा सक्रिय गायक-संगीतकार-कलाकार लगायत प्राविधिकहरुले मीनको यस कामलाई सह्राएका छन् ।
सिक्किमका गायक-संगीतकार पूजन लोहागणले फेसबुक मार्फत यस्तो प्रतिक्रिया दिएका छन्;
“सुरुमा त कुनै फिल्म नै सुरु भएको जस्तो अनुभव भयो। जस्तो गीत अघि बढ्दै गयो यो मेरो कान नै unbalanced/ off tune भयो कि जस्तै महसुस गरे ,तर गीत जति अघि चलिरह्यो मैले अथाहा कुनै नयाँ कुराको रसस्वादन गरिरहेको थिएँ।

मैले गीत तेस्रो चोटी सम्म लगातार सुने। मैले गीतमा ईन्स्ट्रुमेन्टको panning सुने , balance र levelling सुने।सबै Instrument लाई एक एक गरि ट्युनिङ गरेको सुने। Min bista ले पक्कै खटेर काम गर्नु भएको रैछ। गीत नमिठो कतै नि छैन, यो तक्निकले गीतको भाव र संगीत संयोजनमा पनि नराम्रो असर गरेकै छैन। मिठो छ , यो मन पनि साजाबाज संग संगै PAN भयो मेरो चै। मलाई भन्नु मन परेको कुरा एउट मात्र छ, त्यो के भने गीतको स्टाईल र संगीत मुताबिक गायक गायिकाको भोकलमा reverb बहुत कम गरेर Dry effect दिंदा कसो होला।
नयाँ प्रयोग संग आदत बसाउनु हामीलाई समय लाग्छ।आफ्नो अज्ञानताको कारण मिठोलाई पनि तितो भन्न पछि सर्दौनौ हामी । कसलाई थाहा अब आउने दिनहरुमा स्टुडियोको Design नै 3D गर्नु पर्छ कि।”

नेपाली संगीतमा विशेषत: मिक्सिङ इन्जिनियरको काममा परिचय बनाएका मीन चलचित्रकर्मी पनि हुन् । गीतमा भन्दा पनि उनको यो 3Dअडियोको कला चलचित्रमा स्कोप रहने हुनाले उनको यो ज्ञान विशेष उपयोगी हुने पक्का छ , निरन्तरताको जरुरी छ ।

This entry was posted in Arts & Entertainment. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *