मिन बिष्टको “झ्याइँ झ्याइँ झ्याइँ”

“यो मंसिरभित्र पारौं कि मित्र
सनइको सुरमा पंचको बीचमा
झ्याइँ झ्याइँ झ्याइँ”

केही न केही नौलो प्रयोग गरिरहन रुचाउने मिन बिष्टले यस पटक लोक शैलीको गीतलाई आधुनिक थ्री डी प्रविधिको प्रयोग गरी प्रस्तुत गरेका छन् ।नेपाली परम्परागत बाजा-गाजा सहित गाउँघरको बिहेको माहौल याद गराउने “झ्याइँ झ्याइँ झ्याइँ ”बोलको शब्द जानु काम्बाङ लिम्बु रहेको छ भने संगीत संयोजन कुमार थापाले गरेका हुन ।

नम्रता राई र राम धिमालको स्वरमा रहेको यो गीतको धुन मिन आफैले भरेका हुन् । धुनलले मागेको लोकशैलीलाई लोक बाजा-गाजाको स्वादिलो प्रयोग गरी एरेन्जर कुमार थापाले प्रशंसनीय काम गरेका छन् , परदेशमा रहेर बिहे गर्ने युवा कल्पनालाई शब्दमा गीतकार जानु काम्बाङले मीठो सँग खिपेकी छिन् भने गायक गायिकाको गायन गीत कर्णप्रिय छ । सुन्दा सुन्दै सकिएको थाहै नहुने यो मीठो गीत ५ मिनेटको रहेकोमा १ मिनेट सम्म गीत सुरु नै नहुनाले स्रोता झिंजो मान्न भने सक्छन् ।

हेडफोन अनिवार्य लाएर सुन्ने आग्रह गरेको यस गीतमा बाजाहरु विभिन्न स्थानबाट बजेको भान हुन्छ । गीत हेर्न भन्दा पनि सुन्न बनाउनु पर्छ भन्ने मान्यताले प्रेरित मिनले लिरिकल भिडियोमा ‘झ्याइँ झ्याइँ झ्याइँ” लाई लिरिकलको रुपमा युट्युबमा रिलिज गरेका छन् ।

 

नेपाली गीत संगीतलाई मन पराउने स्रोता दर्शकहरुले यो गीतलाई सुनेर मनपरे सबैको सामु पुर्याउन को लागि अनुरोध गर्दै सल्लाह र सुझावको अपेक्षा राखेको उनी बताउँछन् ।

ल, तपाईँहरु पनि “झ्याइँ झ्याइँ झ्याइँ” सुनेर एकछिन गाउँघरको बिहेमा पुगेर आउने हैन त?

This entry was posted in Arts & Entertainment. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *