फूललाई आभार काँडालाई स्वीकार!

“फूल टिप्दा आएको काँडा स्वीकार छ
सुखलाई पनि दुखलाई पनि प्यार छ
ए फूल, तिमीलाई मेरो आभार छ”

हङकङमै बसोबास गरिरहेका गीतकार हाङयुग अज्ञात, संगीतकार दिनेश सुब्बा र गायक ज्ञान सुब्बाको संयुक्त कोसेलीको रुपमा नयाँ म्युजिक भिडियो गत शुक्रबार रिलिज भएको छ ।यस गीतको संगीत संयोजन गोपाल रसाइलीको छ भने मिक्सिङ र मास्टरिङ मिन बिष्टको रहेको छ ।

भिडियोलाई निर्देशक सोनाम पाख्रिनले निर्देशन गरेका छन् भने रेखा लिम्बू र अनिश मगरको अभिनय हेर्न पाइन्छ । कोरियन चलचित्रको झल्को दिलाउने यस भिडियोका क्यामेराम्यान उत्सव दाहाल हुन भने संपादन सुशील न्यौपाने रहेका छन् ।

सोनामले यस भिडियोमा रेखा लिम्बूलाई नयाँ भूमिकामा प्रभावकारी रुपमा प्रस्तुत गरेका छन् । सोनामको शील्पदेखि प्रभावित ज्ञान सुब्बाले लगातार रुपमा उनीसँग सहकार्य गरिरहेका छन् ।

भर्खरै मात्रै हाङयुग अज्ञात र दिनेश सुब्बाको अर्को गीत “आमा मेरो आमा” रिलिज भएर चर्चा बटुल्न सफल भएको थियो, जसलाई बेनुका राईले गाएकी थिइन् भने दयाहाङले निर्माण गरेका थिए ।

 

This entry was posted in Arts & Entertainment. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *