फियोनाको साँझ

feona
“पूर्वको माया पश्चिमलाई
पश्चिमको माया पूर्वलाई
पहाडको माया मधेसलाई
मधेसको माया पहाडलाई
बराबर बाँडेर हाँसेको हिमाल
यही हो नेपाल ”
उद्देश्यमूलक संगीत सहित फियोना साँझ चौथो कार्यक्रममा राष्ट्रिय जनसाँस्कृतिक महासंघका कलाकारहरुले याउ मा तेइ कम्युनिटी हल गुञ्जाए । मूलधारमा कम चिनिएका कलाकारहरुले सामूहिक रुपमा संतोषजनक प्रस्तुति दिए । पूर्व जनवादी कलाकारहरु र पार्टी नेताहरू नोस्टाल्जिक भएको देखिन्थ्यो , उनीहरू नेपाली भेषभुषा लाएर नाचिरहेका थिए।

उहिलेदेखि नै जनवादी गीतहरू नजिकबाट सुनिल्याएको मलाई लाग्यो यो विधामा संगीत शैली र विचारको फैलावटमा भने खासै विकास भएको देखिएन । एमाले पार्टी अध्यक्षका गीतहरू धेरै पस्केका पार्टी कलाकारहरुले प्रभुको सन्देश सुनाई हिंड्ने ख्रिस्तानी संगीत मण्डली जस्तो अध्यक्ष झलनाथ खनालकाका गीति सन्देश फिँजाउन हिँडे जस्तो महशुस गराए। आफूलाई रामेश, जेबी टुहुरे, श्याम तमोटका चेला चपेटा मान्ने कलाकारहरुले अग्रजहरुले बनाएका सिर्जनात्मक मानकहरु नाघ्न सकेको देखिएन । रामेशहरु आफूलाई स्तरोन्नति गरि कहाँ पुगिसकेको अवस्थामा जनसाँस्कृतिक महासंघका कलाकारहरुको प्रस्तुति बासी लाग्यो ।

कोही पनि नामचीन कलाकार नभएको बारेमा एकजना फेसबुक मित्रले “कलाकार चाहिँ सबै बर्मा बाट झिकाइएको जस्तो छ” भनेर टिप्पणी गरेका थिए , म पनि एकै जना नसुनेको कलाकारहरुको प्रस्तुति कस्तो होला भन्ने कौतुहल बोकेर गएको थिएँ । अनपेक्षित रुपमा कलाकारहरु प्रशस्त संभावनायुक्त भेटिए, समूहगत रुपमा गाएर एकले अर्काको कमजोरीलाई राम्रोसँग कभर गरेको देखियो ।अम्बर गुरुङ , प्रेमध्वज, दिप श्रेष्ठ ,तारा थापाहरुले आफ्नो बनाएको मंचमा उनीहरू साहसपूर्ण तरिकाले प्रस्तुत भए । कार्यक्रम उदघोषकले आफ्नो जिम्मेवारी प्रशंसनीय रुपमा वहन गरेको यो चुनौतीपूर्ण कार्यक्रम सफल गर्ने फियोनालाई बधाई छ ।

 

pic: Kindar Rai

This entry was posted in Arts & Entertainment and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *