पनुनुमा तरेमेन् को वर्ल्ड प्रिमियर भयो….

अभिनेत्री -रेश्मा सम्बाहाम्फे

हङकङ ३ जुन २०१८ अाईतबार किरात याक्थुङ चुम्लुङ हङकङ(चुम्लुङ हिम)बाट सोही संस्था कि अध्यक्ष सुश्री अाशली वनेम ज्यु को हात बाट सिङ्गापुर पुलिस मा कार्यरत श्रष्टा द्वय गितकार/संगीतकार हाङ्पाल अाङ्बुहाङ र गायक संगितकार सेमिहाङ सिङगक को शब्द तथा संगितमा चर्चित गायक ब्रबिम सेर्मा र गायिका सुनिता थेगिम को स्वरमा सजिएको गित को म्युजिक भिडियो युट्युब मार्फत वर्ल्ड प्रिमियर भयो।

 

चर्चित भिडियो निर्देशक युगल पोमो को निर्देशन मा निर्मित उक्त भिडियो हङकङ का विभिन्न रमणिय स्थल हरुमा छाँयाङकन गरिएको छ,मौसम ईम्बुङ लिम्बू र रेश्मा सम्बाहाङ्फे ले मुख्य भुमिका निर्वाह गरेता पनि हङकङ का दर्जनौ कलाकार हरु ले पनि सहायक भुमिका मा अभिनय गरेको उक्त भिडियो लाई ज्याप स्टुडियो हङकङ का बिक्रम गुरुङ ले छाँयाङकन गरेका छन्,
सिङ्गापुरे फेन्सी सप जोर्डन कि नाम्लिङ अोख्राबो को ड्रेस डिजाईन तथा नेपाल ज्वेलर्स जोर्डन,नमस्ते ज्वेलर्स हङकङ,झर्ना पंधाक,नैना वनेम र असारमी अोख्राबो ले गरगहना डिजाइन गरेका छन्।

बिकाश धमला को सम्पादन रहेको उक्त भिडियो को सुटिङ ब्यावस्थापन हेमराज अन्छङ्बो ले गरेका छन् भने सुनिता लावती ले निर्माण गरेकी हुन्।

समग्रम सिङ्गापुर हङकङ र नेपालको त्रिकोणात्मक काम (पनुनुमा तरेमेन्) अब्बल भिडियो बनेको कुरा उक्त कार्यक्रम मा उपस्थित दर्शक हरुको प्रतिक्रिया रहेको थिय‍ो।

अभिनेता – मौषम लिम्बू

 

This entry was posted in Arts & Entertainment. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *