न्यु इयरमा सुँगुरको कान ! – सुरेस चाम्लिङ राई

Happy New Year !

झन्डै एक बर्ष भ छ के रे ..! मामा झिल्केसँग भेट नभएको पनि , अन्त, हिजो ठ्याक्कै नयाँ बर्ष मनाउन जोर्डन गको केटाहरुसँग अच्चानक “मामा झिल्के” भेटिए …!
सुड्डो त ३ बजे छुट्टी पाएर आइसक्या रहेछ ! वोसुङ स्ट्रिटको घर नं चैँ नभनुम ल …! सिंढीबाट कालो ब्याग हातमा झुन्ड्याएर खुत्रुक् – खुत्रुक झर्दै रहेछन् …! आफूहरु भने तोङ्बाको खोजिमा….; केटाहरु ;
“बंगूरको कान र तोंबा” खाने भनेर सुरिएका छन् ..!

अो हो ! “दर्शन मामा ” ;
कता अफिसबाट निस्के जस्तो छ नि ??😉
अो होss ….!! ; ☺️☺️ ☺️ भन्दै , हात किन जोड्थे र तन्नेरी मामा गड्याप्प हात मिलाए ;
भानिज, “लाईफमा इन्जोय चाहिन्चन् त हो ….. ” ! अ्ह ह्ह्ह्ह …!!!!
मामा झिल्केको मस्किने बानी छ …. , मुख छोपेर हाँसेँ ;
अब; रिचार्ज त गर्न परो होलान्त मामा ?
ल लैजाम् त, हाम्लाई मीठो “तोंबा र कान” खाने नेपाली रेष्टुरेन्ट ?
अ्ह ह्ह्ह … ल हिड्नुस् , मो तपाईहरुलाई लान्छु ,
“सही पाम्छ ” ! भन्दै अघि लागे ,
संघाई स्ट्रिटको एउटा दोकानमा लगे ,

तोंबा पाउछ होइन साउनी ? मामा झिल्केले सोधे
“पाङ्छ होइ दाजु”
बोस्नुस न…,,
तर अलिक छिपेको छ होइ, चाख्नुस ल ? ;;; एउटा मोटी चिटिक्क परेकी अन्टी बोलि
मैले सोधेँ , कान पाम्छ अन्टी कान ?
कान त .. पाङ्देना ..! ;; “सुकुटीचेन् पाङ्छ ..! 😃,,
साउनी अन्टीले मामाको हातमा छोक्रा राख्दिए मामाले क्वाप्प मुखमा लगाए ….
अ्हो …! “लौ न , यो त हुन्न के रे भाइ ..? ” भन्दै मुख बिगारे ..😖
लौ भाइ, एक ठाउँ लग्छु के रे तपाइहरुलाई ..
त्यहाँ, “रामा राम !” “सही” पाम्छ …🤙 यस्तो मीठो …!👌

– अन्त ट्याक्सीमा चढेर चेङ शा वान तिर लागियो ,
अ्हो ! एउटा रेष्टुरेन्ट , भीड यस्तो भीड .. ! बा्फ्रे ..!!! ☹️

मामाले तोंबा मगाए .. कान पनि मगाए , हामी धमाधम कान र तोंबा खाँदै थियौँ , ..

– एक ग्याङ अन्टीहरु आइपुगे ..!

HAppY New YeaR ! भन्दै

तोंबा ,! तोंबा !! ल्याउनुस त भन्दै , बसे टेबुलमा अनि            “कान है कान” !!
हाम्लाई जस्तै तोंबा र कानको खरो परेको रहेछ ती अन्टीहरुलाई पनि

हामी खाँदै गइयो , तोंबाले पुगेनछ के रे ;! बट्टा -बट्टामा तोंबा ल्याइदिइ , दोकानवालीले …

अन्टीहरु तोंबा चपाचप तान्न थाले ,,! कान टोक्न थाले…
केही बेरमा तोंबा लाग्न ला छ के र ..?

एउटी अन्टी ;- ‘”इन्जोय गर्ने हो आज” !!
अाज घरबाट कल आउँदै हेर साथी हो;! बेलैमा भन्दिए छु .. आज रमाईलो गर्ने हो “जाँठा ..!”
मरेर लानुके छ र ? ?
भन त,! “अोए जाँठी हो ?? ” “भन् त , भन् ..!?”
यता हेर , “एउटा ड्याक् पैसा” मरेर जाँsss दा , एउटा “ढ्याक् पैसा” याहाँ निधारमा ,,, होइन त ? “जाँठा” ! इन्जोय गर्ने हो,; ! खाने हो …!!
आज नयाँ बर्ष मनाउने हो ..!
अर्को अन्टी ,; – ह; है, ! त्य त ह; एउटा पैसा टाँसेर पुरी पठाङ्छ ..!
अरे ! “आज कल गरिस् कि मरिस्” 😠 भन्देको छु मैले त ..,,, हा हा हा हाहाह – “आउदेना आज कल …..”
एउटी अन्टी ;- यता सुन त,
“हामी मोरे पछि त , हाम्रो यत्रो सुन कसले लान्छ होला है ?”
ह; है ? जाँठा यत्रो दुख गरेर कमाको “सुन ” जाँठा भोलि मोरी हालिन्छ ..! के ना के ..? .😩
“खङ् खङ् जाँठा .!” भोलि त्येही एउटा ढ्याक् पैसा र बाकस त ह ,;! मरेर लाने त जाँठा…
अोए ,; कान मगाङ् त कान ?
– “कान दुई प्लेट ..! 🤞” अन्टीले इशारा गरि..
दोकाने अन्टीले, दुई प्लेट कान ल्याएर राखि,
एउटीले च्वाप्प टिपेर मुखमा हालि..
“अोए , जाँठा ,! 🙄 ;;;; यो त निधार पो भुटेर ल्याएछ …!?
अर्कीले, होइन कसरी चिनिस् ?
खाने मान्छेले चिन्दैन ? हँ ?? अन्टी जंगी…!
तँलाई थाहा हुन्न ? तिहुन खाँदा के खाँदैछु भनेर ..?
“चुप लागेर खङ्ना ..? ”
मिठै छ ता ? 😋
“खङ्.. खङ् .. ” अलिलि त मिसायो हला नि ;; त्येत्रो दुई कुइँटेलको सुँगूर हुन्छ , दुइटा कानमा एक किलो त होला, काहाँ पुगोस् त ?? मीठो छ…. 😋😋 चपाचपा खाइ .. चर्याप्प ..; तोंबा चुसि..!

खान त खाअो ना, जाँठी हो ..!

तोंबा अर्को ल्याइदिनु ल sss …!! फेरि मगाए ..
फेरि सिसाको ठुल ठूलो बट्टामा तोंबा ल्याएर राख्दिए .. “कान ल्याईदिम् ?” सोधी दोकानवालीले

अँ ; ल्याइदेऊ त …!
एउटा ठूलो प्लेटमा कान ल्याएर राखिदिइ ..
तोंबा सुरुप्प तान्दै एउटा कान टप्प टिपेर मुखमा लगाइ ।।

अोए ,; जे भन जाँठी तिमारु .. , यो त “गाला”  ल्याएछ …!
😡 तिमारु खा ;!!
गाला होस कि अोंठ, होस् ..! सबै मासु हो ; छाला हो ; म चेन् खाइदिन्छु … 😂😂😂😂 अन्टी हाँस्दै खाई रही ..
म त खान्न , जाँठा तोंबा खान्छु ..🙄🙄
अन्टीहरुको गफ सुन्दा सुन्दै आफ्नो अगाडीको कान केटाहरुले बजाइ सकेछन्
फेरि मगाम कहाँको आउने हो ..? निधार , गाला भन्दा त अस्ति हाम्रो मिस्टर हङकङ ब्रोहरुको “सोया सस” दलेको चिल्लो ज्यानको जस्तो पो लाग्यो … 😤 😤
बिहान हुन लागि सक्या थ्यो, अन्टीहरु बसेकै ठाउँमा कम्मर मर्काउँदै थे के रे …..!
हामी उठेर हिँडियो….

HAppY New YeaR To All ..!! – सुुुरेस चाम्लिङ राई

 

This entry was posted in Arts & Entertainment, Hong Kong. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *