‘निभाउन नआउनु आगो’ पछि अर्को एल्बम रेडी गरिसके हेम लावतीले

hem lawati

१८-२० लाख रुपैयाँ खर्च गरेर सबै गीतका भिडियो सहित आक्रामक रुपमा पहिलो एल्बम लिएर संगीत बजारमा उत्रेका गीतकार हेम लावती आफ्नो निर्णयप्रति खुसी छन् । उनले छापेको ३ हजार प्रति डिभिडी मध्ये ११ सय प्रति हङकङ लिएर आएका उनको हातमा अब केवल ९ डिभिडी बाँकी छन् , २०० प्रति मलेसियामा पुगिसकेको छ, डेनमार्क, कोरिया, अस्ट्रेलिया, अमेरीकाका स्रोताहरुलाई पठाउन बाँकी छ ।

 

‘संगीत बजारको मन्दी रहेको कुरा भइरहेको बेलामा कसरी यस्तो संभव भयो?’ भन्दा हेम कुमार लावती भन्छन् ,”साथी भाइहरुको सहयोग र सदाशयताले हो ” । फेसबुकले उनलाई विश्वभरका नेपालीहरुसँग जोड्न मध्दत गरकेो उनी बताउँदछन् र बनाइएका ती साथीहरुले आफ्नो क्षेत्रमा वितरण गर्न मध्दत गरिदिइरहेको उनको भनाइँ छ ।

https://www.youtube.com/watch?v=LYAfjbbbqDo

अडियो एल्बमको विमोचन वैरागी काइँलाको हातबाट काठमाण्डौमा गराएका हेमले डि भि डी विमोचन हङकङमै गरे । २१ अक्टोबरमा उनले विमोचन कार्यक्रमको लागि गायिका बानिका प्रधान र संगीतकार निरोज लामालाई हङकङ ल्याए । हङकङको झापा समाज र आफ्नै लावती बन्धुहरुको सहयोगमा याक एन्ड यति रेस्टुरेन्टमा संपन्न कार्यक्रमले पनि उनलाई सहयोग नै भयो ।

with bairagi kaila

‘लागिपरेमा केहीले पनि नछेक्ने रहेछ’ भन्ने यी गीतकारको एल्बम ‘निभाउनु नआउनु आगो’ को शीर्षक गीत भर्खरै मात्रै नेपालका टेलिभिजनहरुमा रिलिज भएको छ भने अन्य गीत पालै पालो रिलिज गराउने ताक रहेको छ ।

 

malaysia

मलेसियामा दिपास थापा

कुरियरबाटै गीत पठाइने गरेको उनी बताउँदछन् , ‘अनलाइन बिक्री गरे ढुवानी खर्च बच्थ्यो नि, होइन र?’, ‘त्यसो गर्दा पाइरेसीको संभावना धेरै रहन्छ ।’, उनले त्यसबारे पनि अध्ययन गरिरहेको बताउँदछन् । एल्बमबाट उठेको पैसा राख्ने एउटा झोला पनि उनले खटाएका छन् , त्यसमा हालसम्म २२ हजार डलर भैसकेको छ, साथीहरुबाट डि भि डी बिक्रीको रकम संकलन भै नसकेको पनि उनी उत्साहित हुँदै बताउँदछन् ।

एल्बम निकालेपछि कतिपय साथीहरु तर्के पनि कतिपय साथीले मुठठी खोलेरै सहयोग गरेको उनको अनुभव रह्यो, एक साथीले उनलाई एउटा डि भि डी कै १५ सय हङकङ डलर समेत दिएर अचम्मित पारे । ‘अर्को एल्बम रेकर्डिङ भइसकेको छ, त्यसलाई बिस्तारै अडियोमा रिलिज गर्नेछु’, ४९ वर्षे गीतकार हेमकुमार लावती ढुक्कसँग बताउँछन् ।

This entry was posted in Arts & Entertainment, Featured. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *