नागेन्द्रको सावन होइनन् मेरा नजर

“टाढा धेरै टाढा माया तिमीलाई भेट्न आए काटी नौ डाँडा”
“चाँदनीमा बग्छ खोला सल्बलाई बोल्छ पानी”
आदि जस्ता गीतका गायक नागेन्द्र श्रेष्ठ हङकङमा लामो समयदेखि बसोबास गरिरहेका छन् ।  अढाई दशकदेखि संगीतमा सक्रिय उनी विशेष गरी गीत गजल गायन र वाद्यवादनमा सक्रिय उनी हङकङका नेपाली समुदाय भन्दा पनि भारतीय समुदायमा परिचित छन् । उनले बलिउडका नामुद हस्तीहरुसँग हङकङमा कार्यक्रममा प्रस्तुत हुने एकपछि अर्को अवसर पाइरहेका छन् ।

उनै वरिष्ठ गायक नागेन्द्र श्रेष्ठले हालै मात्रै “सावन होइनन् मेरा नजर” बोलको गीत पुन: रेकर्डिङ गरी भिडियोका साथ बजारमा ल्याएका छन् । गीतकार अरुण तिवारीका शब्द सृजना र टिका भण्डारीको संगीतमा गायक नागेन्द्र श्रेष्ठले करीब २० वर्ष अगाडि रेकर्ड गरेको यो गीत त्यस समयावधीमा निकै लोकप्रिय रहेको थियो ।

नेपाल आइडलमा होस्टका रुपमा चर्चा कमाएकी नायिका रिमा विश्वकर्मा द्वारा अभिनय गरिएको नयाँ म्युजिक भिडियो ‘सावन होइनन् मेरा नजर किन त्यसै बर्सिदिन्छन्’ मा अभिनयमा रिमालाई रञ्जन रिजालले साथ दिएका छन्।

अमृत सुनुवारको निर्देशन गरेका यस गीतको सम्पादन माधव बेलबासेले गरेका हुन् ।

This entry was posted in Arts & Entertainment. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *