नरुनु है मलाई सम्झेर, म सुतेँ सँधै सँधैलाई ….!

नरुनु है मलाइ सम्झेर
म सुतेँ सँधै सँधैलाई
खुल्ला आकाश अोडेर, पुरै धर्ती अोछ्याई
म सुतेँ सँधै सँधैलाई …!

“काम साँची आफुलाई खानु साँचि अर्कालाई” २०१६ को डिसेम्बर तिर नै रिलिज गर्ने भनिएको गीतकार रबिन बान्तवा खालिङ राईको शब्द र डा. शरद सिंहाको एकल कम्पोजमा “आखिर के को लागि” ? एल्बम यतिकै त्येतिकै ढिला हुन गयो !
अब भने रिलिजको अन्तिम तयारी भईसकेको छ।
एल्बममा रहेको दोस्रो गीत “खुल्ला आकाश अोडेर ” राकेश खालिङ राईको स्वरमा करिब डेढ बर्ष पहिले रेकर्ड भएको थियो ! एल्बम ढिलाई भए पनि हिजो यु ट्यब च्यानल m6 flims  मा रिलिज भएको छ , त्येसो त एल्बमको टाईटल गीत “आखिर के को लागि”? २०१६ मा नै रिलिज भइसको हो ।
हङकङमा गीत अभियान चलाएर “गीत सागर” नामक गीतको किताब २०१६ मा प्रकाशनमा ल्याईसकेका रबिन एक दार्शनिक हुन् भन्दा अतियुक्ती नहोला ! “जे गर्छु आत्म सन्तुष्टिको लागि गर्छु”
‘कसलाई सुनाउनु छ र ? आफै सुन्ने आनन्द लिने , भनिरहने रबिनको सरल शब्द भित्र गम्भीर बिचार दर्शन पढ्न र सुन्न पाइन्छ ।

सन्दर्भ र परिवेशलाई एउटा दर्शनयुक्त सन्देश छोड्ने उनी सँग कला छ, यसै सन्दर्भमा, उनी भन्छन् हङकङको एक “स्ट्रिट स्लिपर “को मृत्यूको समाचार पढेँ, मलाई भावुक बनायो ..! त्येसैलाई गीत लेखिदिएँ ! उनको किताबमा समावेश यो शब्द सिलगुडीका डा शरद सिंहाले थपक्क झिकेर धून भरेछन् र रबिनलाई पठाएछन् ..! त्येसपछि हामीले पनि सुन्ने अवसर पायौँ , डा सिंहा पेशेवर संगीतकार होइनन् , तर एक अब्बल संगीतकर्मी हुन् ,उनले पनि आत्म सन्तुष्टिकै लागि गरेका हुनु पर्दछ ! डा सिंहाले किताबको आफुलाई मन परेका शब्द आफू खुसी धून बनाउँदै रबिनलाई पठाउँथे त्येसो गर्दा गर्दै थुप्रै राम्रा – राम्रा शब्दहरुमा धुन बनाए , त्येसरी  रबिन र शरदको सहकार्यमा एउटा एल्बम तयार भएको हो ! अरेञ्ज, मिक्स , माष्टर सम्पूर्ण काम सुमीत विश्वकर्मले  गरेका छन् ।

– उनको गीतको यो अन्तराले मलाई एकदमै छुन्छ –

साँघुरो कोठा बारेर संसारै खुम्च्यायौ
कति जाल झेल गरेर
माटोलाई भाग लगायौ .!
मुठ्ठीमा किन सास फेर्नु ?
हावा सबै तिम्रै हो !

हङकङको कल्चरमा विवाह एकदमै महंगो पर्छ ! पैसाले जीवन साथी र बाँस किन्न नसके पछि, अभावै अभावमा एकल जीवन सडक र सव वे मा सुतेर जीवन अन्त्य गर्न बाध्य हुन्छन्, कति बेला प्राण जान्छ के थाहा ? धनीहरुलाई धनकै लोभ ! एउटा कोठालाई ३ वटा सम्म कोठा बनाएर पैसा असुल्ने हङकङको परिवेश यति पीडादायी छ , त्येसमा म आफू पनि पर्छु महिनाको ५/६ हजार हङकङ डलर तिरेर पनि ढोका देखि कोठाको भित्ता हुँदै बेड सम्म ठोक्किँदै पुग्नु पर्छ ….। कति असहज छ ..!
जे छ त्येस्तै छ , !
सुन्नेहरुको लागि यो गीत महत्वको छ , जसरी सुने पनि उपयोगी बन्छ ..!

तर एउटा अचम्मको कुरा के भने दार्जेलिङको सु-प्रसिद्ध अब्बल गायिका अनुपमाले हिजै मात्र रिलिज भएको “साइकल चढेर” भन्ने राजा पुनियानीको शब्द , समीर शर्मा र झुमा लिम्बूको स्वर र समीर शर्माकै कम्पोज, एरेञ्ज रहेको गीत हामीलाई ट्याग गरिन् …!
यसो खोलेर सुनेको, सुरुको आलाप र मुर्चुंगा सुन्ने बित्तिकै म झुक्किएँ, अरे ! खुल्ला आकाश जस्तो छ त ..! अनि ग्रुपमा साथीहरुलाई सोधेँ, रबिनले भने , हो रहेछ !  ह ह ह.. गरेर हाँसे , तर मलाई भने यो गम्भीर बिषय लाग्यो ! चित्त बुझेन ! डेढ बर्ष पहिले तयार भएको गीत रिलिज नभइ छ , यो त उल्टो अभियोग लाग्न सक्छ ,! सोच्दै गएँ
शरद सरलाई पनि त्यो गीत पठाएँ , केही साथीहरु पूजन लोहागण , हाङयुग अज्ञातहरुलाई पठाएँ हामी सुन्नेहरु जतिले पत्तो लगायौँ …!
अब के त ? रबिनको शब्दले भने जस्तै
“साँघुरो कोठा बारेर संसारै खुम्च्यायौ”
साँच्चिकै भौगोलिक परिधि त मान्छेले खुम्च्याए नै तर सिर्जनशील क्षमताको परिधि पनि खुम्चाएकै हो त ..? कुनै कुराको सिको गर्न पनि कला चाहिन्छ नि  होइन र ..?
अब के हुन्छ मलाई थाहा छैन,  यस्तो हुन या गर्न मिल्छ मिल्दैन ..? कि संयोग मात्र हो …? समय अभावको कारण पनि हतारिएर  यति  लेख्न मन लाग्यो ..!
– अन्त्यमा जे जसो भए पनि “खुल्ला आकाश” गीतमा समावेश सम्पूर्ण टिमलाई बधाईका साथ आभार छ !

– मनु कन्दङवा लिम्बू

गीत ..

This entry was posted in Arts & Entertainment, Hong Kong. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *