दिनेश सुब्बाको स्वर रहेको नयाँ म्युजिक भिडियो

Capture21
वरिष्ठ संगीतकार तथा गायक दिनेश सुब्बाको संगीत र स्वर तथा गीतकार टंक सम्बाहङ्फेको गीत रहेको म्युजिक भिडियो हालै नयाँ म्युजिक भिडियो गीतकार टंक सम्बाहङ्फेको युट्युब च्यानलबाट वर्ल्डवाईड रिलिज भएको छ।

एक वर्ष अगाडि प्रकाशित भएको दिनेश सुब्बाको ‘नितान्त’ गीति एल्बममा संग्रहित उक्त गीतको भिडियोबारे नेपाली साहित्य प्रतिष्ठान हङकङका अध्यक्ष तथा गीतकार टंक सम्बाहङ्फे भन्नु हुन्छ,” दर्शकहरुले हाम्रो नयाँ म्युजिक भिडियो मन पराउनु हुनेछ किनभने यो गीत आमनेपालीले रुचाईने र जनजीवनमा आधारित छ।”
हङकङमा २२ वर्षदेखि नेपाली गीत संगीत र गायन समर्पित भएर सेवा गरिरहनु भएका संगीतकार दिनेश सुब्बा रेडियो नेपालको नेपालब्यापी कम्पिटिसनमा गायन तर्फ र संगीत तर्फका प्रथम विजेता समेत हुन्।हिमालय टोन्स म्युजिक एकेडेमी हङकङ सन्चालन गरेर हङकङ बसोबास गर्नु हुने नेपाली गायक गायिकाहरुलाई गीत संगीत र गायनको ज्ञान र सेवा दिदै आउनु भएको छ।”न्याउली रोयो” बोलको गीत युट्युबबाट वर्ल्डवाईड रिलिज गरेको खुशी व्यक्त गर्दै  संगीतकार तथा गायक दिनेश सुब्बा भन्नु हुन्छ,”यो गीतले दर्शकहरुको मन जित्ने कुरामा हामी ढुक्क छौं किनभने यो गीत नेपालीले भोगेको जीवन कथामा आधारित छ।”
म्युजिक भिडियो निर्देशन विशाल भण्डारीले गरेको यस गीतमा चर्चित मोडल निरन्जन र रेसु रहेका छन्।क्यामरामा अर्जुन तिवारी र टीम साथै म्युजिक भिडियो सम्पादन निशान घिमिरेले गरेका छन्।गीत मास्टरीङ र मिक्सीङ मित्र लामा संगम स्टुडियोमा गरिएको हो भने म्युजिक भिडियो उत्पादकमा कमला थोप्रा लिम्बु र अनिता सुब्बा रहनु भएको छ।

This entry was posted in Arts & Entertainment. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *