ज्ञान सुब्बालाई “नेपाल म्युजिक अवार्ड”….

 

हङकङमा बसेर नेपाली संगीत क्षेत्रमा सक्रिय गायक ज्ञान सुब्बालाई “नेपाल म्युजिक अवार्ड”को आधुनिक-पप गायन पुरुष तर्फ बेस्ट डेब्यु सिंगर प्रदान गरिएको छ ।

गीतकार कमल रेग्मी, संगीतकार पूजन लोहागणको संगीत रहेको “यति धेरै माया नदेऊ यो मुटुलाई भार हुन्छ” बोलको गीत गाएर उनी नोमिनेशनमा परेका थिए ।

अनुप बिक्रम शाही र मलिना जोशी अभिनित यस गीतको भिडियोको लागि निर्देशक विशाल भण्डारी, क्यामेरामेन अर्जुन तिवारी र सम्पादक निशान घिमिरेले पनि आ-आफ्नो विधामा अवार्ड जितेका छन् । २० औं पटक नोमिनेशन मा परेपछि बल्लतल्ल उत्कृष्ट निर्देशकको अवार्ड हात परेकोमा विशाल भण्डारी दंग परेका छन् भने थुप्रै गीत छायाँकन गरिसकेका क्यामेरामेन अर्जुन तिवारीको लागि पनि संयोगले यो अवार्ड पहिलो रहेकोछ ।

“रेडियो नेपालमा स्वर परीक्षा पास गरेको ३० वर्षपछि तपाईंलाई डेब्यु सिंगरको अवार्ड पाउँदा तपाईंलाई कस्तो लागिरहेको छ? ”
भन्ने सवालमा गायक सुब्बाले यसलाई आफूले सकारात्मक लिएको बताए ।

सानै उमेरदेखि धरान र आसपासका क्षेत्रमा गायकीको लागि चर्चित भए पनि लामो अन्तराल पश्चात “तिम्रो प्रतीक्षा” एल्बमको साथ संगीत क्षेत्रमा आफ्नो सक्रिय संग्लनता विगत ४-५ वर्ष देखि मात्रै रहेको,
त्यसमाथि आफूले यस प्रतिश्पर्धामा कुनै आवेदनै नदिई यो अवार्ड हात पर्नु एक संयोगको रुपमा उनले मानेका छन् । आफूले गरेका कामहरुलाई नेपालका स्रोताहरुले बिस्तारै स्वीकार गरिएको संकेतको रुपमा यसलाई आफूले मानेको बताउँछन् ।

आफूले थप राम्रा राम्रा गीत पस्किने हौसला मिलेको भन्दै यस अवार्डको लागि प्रत्यक्ष-परोक्ष साथ र सहयोग दिने गीतकार,संगीतकार, दर्शक-स्रोता सबै प्रति उनी कृतज्ञता ब्यक्त गर्दछन् ।

 

This entry was posted in Arts & Entertainment. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *