“चट्याङ बाँचेको मान्छे” हङकङमा भोलि

८० का दशकका प्रख्यात गीतकार-कवि नरदेन रुम्बाको जीवनीमा आधारित “चट्याङ बाँचेको मान्छे” हङकङमा भोलि प्रदर्शन हुँदैछ ।

“फूललाई सोधेँ कहाँ गयो…”
“मेरा सबै रात अब..”
“बादलुको दरबारमा..” आदि जस्ता थुप्रै लोकप्रिय गीतका गीतकार रुम्बाको बारेमा बनेको यस डकुमेन्ट्री हङकङकै साहित्यप्रेमीहरुको पहलमा भएको हो । ४ साल अघि हिमालय टोन्स म्युजिक एकेडेमीको आयोजनामा ‘नरदेन रुम्बा स्मृति साँझ’ कार्यक्रम गरिएपछि गुमनामीको छायाँमा हराइसकेका नरदेन रुम्बामाथि ब्यापक खोज र अनुसन्धान चौतर्फी भएको थियो । त्यसैको निरन्तरता स्वरुप १९ मई २०१८ –को दिन दार्जीलिङको गोरखा दुख निवारण संघ भवनमा वृत्तचित्रको प्रथम प्रदर्शनी सहित नरदेन रूम्बाको ७९ औं जन्म जयन्ती भब्य रुपमा मनाइएको थियो ।

भाष्कर प्रधानको निर्देशनमा बनेको यस डकुमेन्ट्रीमा क्यामेरामा धीरज चाम्लिङ, शिखर छेत्री, विवेक अनि सुजय, सम्पादनमा किरण कुण्डु, सङ्गीतमा जीवन प्रकाश प्रधान, निर्देशनमा भाष्कर प्रधान रहेका छन् । M6 Films र हिमालय टोन्स एकेडेमीको लागि यस फिल्मको निर्माण हङकङबाट डोमा शेर्पाले गरेकी छिन्|
नयाँपेजको कार्याकक्षमा हुने वृत्तचित्र प्रदर्शनीको कार्यक्रम समीक्षक समाज हङकङले गर्दैछ ।

This entry was posted in Arts & Entertainment. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *