गीतकार हाईकुमारको भिडियोमा बुगीबुगी विजेता मोडल..

जीवन, जीवन नै हो यसर्थमा हङकङेलीहरू पृथक होइनन् ,विभिन्न कर्म र रूचि सँगै अघि बढी नै रहेका छन् ।
गीत संगीतलाई अपनाउनेहरूको पनि खाँचो पटक्कै छैन। यति सानै ठाउँ भए पनि सरदरमा वर्षको दुई तीन एल्बमहरू सार्वजनिक भई नै रहेका छन्।

यसै क्रममा हङकङको युवा गीतकार हाईकुमार राईको ‘मार्ग’ एल्बमबाट हालै रिलिज गरिएको यो नृत्य प्रधान धमाकादार गीत हेर्नुहोला।
यस गीतमा भिडियो निर्माता स्वयम् गीतकार नै हुनुहुन्छ। संगीत, संगीत संयोजन र स्वर निरोज तामाङको रहेको छ।
मोडल निराजन प्रधान र कविता नेपालीको फिचर म्युजिक भिडियो ’मेरो आखामा’ सार्वजनिक भएको छ। सार्वजनिक भिडियोमा कविता नेपालीले आकर्षक नृत्य गरेकी छिन्। बुगी बुगी बिजेता भए संगै उनी पछिल्लो समय म्युजिक भिडियोमा ब्यस्त हुँदै आएकी छन्।

गीतमा स्वर र संगीत भने निरोज लामाको सुन्न सकिन्छ। भिडीयोको निर्देशक नितिन चन्द रहेका छन् भने सम्पादन टेकेन्द्र शाहको रहेको छ भने भिडियोलाई अमित के आर चन्दले खिचेका हुन्।

 

This entry was posted in Arts & Entertainment. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *