शायद ! – कविता -सुरोज लिम्बू

FB_IMG_1508852684834

 

 

 

 

 

 

 

 

शायद मेरो बसमा भएको भए
घामलाई बिना प्रकाश
बिहानीमा झुल्काई दिन्थेँ
ता की , यी शीतहरु हरदम
बिहानीमा छाइरहोस !!

यहाँ बिकाशको नाममा
बनिने यो कंक्रिटको जंगलहरु
विज्ञानको नाममा
बनिने यो एटम बमहरु
रोकिदिन्थेँ म त्यस समयमै
शायद मेरो बस्मा भएको भए
जन्मिने हरेक आइस्टाइनहरु !!

ता की शक्तिको नाममा
फेरी-फेरी एटम बम नबनोस
बिकाशको नाममा
खोला-नाला समुन्द्र नथुनिओस
प्रकृती,मौषम,बादल,हावा
फेरी त्यस्तै बनाई दिन्थेँ
शायद मेरो बसमा भएको भए
आणबिक बमहरुलाई
झरी बनाई दिन्थेँ
अन्तरिक्षमा उड्ने यानहरुलाई
परी बनाई दिन्थेँ !!

ता की , परिक्षणको नाममा
प्रकृती हरेक कण नमैलिउन्
विज्ञानको नाममा
रासायनिक रोगहरु नफैलिउन्
प्रकृती,मौषम,बादल,हावा
फेरी त्यस्तै बनाई दिन्थेँ

शायद मेरो बसमा भएको भए
घामलाई एकै समय
संसार भर झुल्काई दिन्थेँ
प्रकृती र विज्ञानलाई
क्षण भरमै मिलाई दिन्थेँ
शायद मेरो बसमा भएको भए
शायद मेरो बसमा भएको भए !!

– सुरोज लिम्बू

This entry was posted in Poem. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *