लक्ष्मी पूजा -इन्द्र थेगिम

received_10154470496529718

“दशैं”
सौतेलो भो,
खैलाबैला मच्चियो।
निधारको टिका
धेरैले
दु:खी गरिबलाई
माड खान भनी  डोनेट गरे।
जन्मदै खोट थिएछ क्यार!
कसैको घरमा अटाएन।

 

“तिहार”
साख्खे भाई परे।
“दशैं” गए लगत्तै ,
मादल हरु रमाएर
सयपत्रीको माला लगाई उफ्री उफ्री नाच्दैछन्
मङ्कीहिल र ताईमोशन् मा।
जंगलै थर्कने गरि भट्याउंदैछन्
नेपाली रेस्टुरेन्ट हरुमा।
देउसुरे ! ए देउसुरे !

 

“लक्ष्मीपूजा”
उनी,
सबैकी सफ्ट कर्नर!
नो जेन्डर बायस, नो डिस्क्रीमिनेसन् ।
पुर्बाग्रह कसैको रहेन।
उनलाई स्वागत गर्न
मैले
गोबरले लिप पोत गरिसकें
ऐले
पिताम्बरले कांस टल्काउंदैछु।
ऐलेसम्म कमाएको
द्रब्य, सुन, चांदि लाई
सजाएर पुज्दैछु।
बरु
हे लक्ष्मी !
सांझ,
दायाँ बायाँ नअल्मली
पहिला …
मेरै घर आउ है!

-इन्द्र थेगिम

This entry was posted in Poem. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *