मैन बत्ती ! – सुरोज लिम्बू

न कुनै अवाज न कुनै चाल
न कुनै खलबल न कुनै बेहाल
चुपचाप अँध्यारोमा एकनास सित
बगीरहेछ आगो मुनी उ
कुनै तड्पन बिना शान्त चुपचाप
आगो भित्र पग्लिरहेछ उ
बिचरा मैनको बत्ति धप-धप गर्दै
अँध्यारो कोठामा !!

आखीर आगोमा पनि
यति शान्त जीवन हुदो रहेछ !!
त्यो जलनको उज्यालो
शान्त मधुर प्रकाश
के यो त्यहि मैनबत्तीको हो ?
जुन प्रकाशमा यौटा मैनबत्ती
जलेर पग्लिरहेछ !!

तर अफसोच छ
त्यो मैनबत्तीलाई मेरो
सुन्छु म तिम्रो प्रकाशको
मधुर उज्यालोलाई यहाँ
कसैले स्पर्श गर्न सकेन
देख्न सकेन तिम्रो प्रकाशको
रंगहरु……………………
माफ गरिदेउ
त्यसैले नै म अफसोच छु !!

थाहा छ ?
जब तिमी जल्छौ,पग्लनछौ,र मर्छौ,
म तिमीमा यौटा जीवन्त देख्दछु
अनि मुसुक्क हास्दै
भन्ने गर्छु…………
तिमी नादान मैनबत्ती,,
कति अन्जान छौ
यो कालो अध्यारो देखि !!

अनी तिमी अन्धकार संग लड्दा लड्दै
अन्तिम संघर्ष पछि जब तिमी धप्प मर्छौ
मेरो आखा अगाडीको अन्धकारलाई म
जहिले भन्ने गर्छु तिम्रो उज्यालो प्रकाशको बारेमा
प्रकाश भित्रको रंगहरुको बारेमा
रातो,पहेलो,अनि त्यो आगो छेउको
रेखामा हल्का निलो,सेतो,अनि ति
सबै रंगको मिश्रणबाट छरिएको
प्रकासको बारेमा उज्यालोको बारेमा,
तर
त्यो अँध्यारो लाई के थाहा ?
तिम्रो उज्यालोको बारेमा
स्वयंम उ आफै अँध्यारो छ!
र पनि म भन्ने गर्छु
तिम्रो मधुर प्रकाशको बारेमा
रंगहरुको बारेमा,,,,,,,
तिमी ……नादान……..
मैनबत्तीको बारेमा….!!!!!

This entry was posted in Hong Kong, Poem. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *