असम्पादित बृतचित्र – मनु कन्दङवा

IMG-20150908-WA0013

ताराहरु
सुस्तरि  हिँडिरहेथ्यो
म आफ्नै
अलिखित अनि असम्पादित
बृतचित्र हेरिरहेँथेँ
मध्यान्तरमा
पुगेको थिएँ हुँला
सुरुरुरुरु
हुरि चल्यो
हृदयको गल्लिहरुमा
केहि पतिङ्गरहरु
तितर बितर बनायो
कतै पानिको छिटाहरु छिट्याउन थाल्यो

उँभौलीको
समय भएर होला
आकाशमा
कर्याङ्ग कुरुङ्गहरु उडिरहेथ्यो
शङ्केतको क्यान्भास भित्र तिमी अनि म को
प्रेम लहराहरु
झनै मौलाएको देखेँ
मन्द हुरि आफ्नै रफ्तारमा थियो
म जगत घुम्दै थिएँ

मौषम बद्लियो
भिषण कालो बर्षा भयो
गर्जियो
हृदयको आकाश, चट्याङ् परे जस्तै
एकैछिनमा
जुलुम्मै भयो मनको फाँटहरु !
हूरी बौलाएर
बे तमास् आँधि भयो
लुछ्यो मनको हाँगाहरु
चर्कायो मनको झ्यालहरु
लछार पछार बनायो पर्दाहरु
तहस नहस भए मनको रुखहरु !

फेरि
फर्कियो मौषम
भिषण बर्षा हराएर गयो
हुरि मन्द बहनु थाल्यो
तेसै तेसै
शीतल भएर आयो
मैले
पुनः निरन्तर गरेँ
मेरो अलिखित अनि असम्पादित
बृतचित्र
हेरिरहेँ……हेरिरहेँ……
जसको लेखक अनि प्रस्तोता तिमी रहेछौ
नसक्किँदै बृतचित्र
ताराहरु एट्लान्टिक पुगिसकेछ……..।

This entry was posted in Poem. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *