साझा साहित्य श्रृंङ्खलाको नयाँ कार्यसमितिको पहिलो कार्यक्रम….- निरज राई

20502957_10209849215293948_132817396_o

विगत ६ बर्ष देखि निरन्तर रूपमा महिनाको अन्तिम हप्ताको सन्डे सम्पन्न हुने साझा साहित्य श्रृंङ्खला हङकङको आजको शृङ्खला सफलता पूर्बक सम्पन्न भयो। केहीदिन अघि श्रृंङ्खलाको नयाँ कार्यसमितिको छनोटमा परेका संयोजक र सन्चालक द्वय अग्रजहरू डी बी पालुङ्ग्वा र सुनिता गिरीको कार्यकालको पहिलो श्रृंङ्खलामा विभिन्न सस्थाका प्रतिनिधीहरू, समाज सेवी, साहित्य अनुरागीहरूको बाक्लो उपस्तिथि रहेको थियो।
आजको कार्यक्रममा हङकङेली नेपाली साहित्यिक गतिविधिबाट लगभग हराई नै सकेका कवि मोती चाम्लिङ्गको उपस्थिति उत्साहजनक रह्यो। मोती चाम्लिङ्गका अनेक परिचयहरू मध्ये (उनका अन्य परिचय मध्ये एकाधसंग चै ब्यक्तिगत रूपमा मेरो पूर्ण विमति रहे पनि)उनको कवि परिचय मलाई प्रिय लाग्छ,तर विडम्बना नै भन्नू पर्ला कि उनको साहित्यकर्मलाई अन्य परिचयले छोपेको अवस्था छ।

आज अघिल्लो श्रृंङ्खलामा बिमोचित वार्षिक स्मारिकामा परेका विभिन्न सर्जकहरूका रचनाहरू माथि वरिष्ठहरूको टिप्पणीका साथै सदा झै आफ्नो आफ्नो रचना सुनाउने कार्य सम्पन्न गरियो। यस क्रममा धेरैजनाले ब्यस्तताको कारण देखाएर आफ्नो रचना सुनाइ सक्नासाथ कार्यक्रममाबाट बिदा लिएका थिए। आफ्नो रचना बाचन सकिनासाथ चल्दिने यो कार्य आपत्तिजनक रहेको र यस्तो गर्दा अन्तिममा कार्यक्रम सन्योजक मात्रै बाँकी रहने भनेर यो प्रवृत्ति माथी मोती चाम्लिङ्गको खरो टिप्पणीलाई बाँकी रहेका उपस्थितहरूले ताली बजाएर स्वागत गरेका थिए।

यसका साथै कार्यक्रममा महासंघका अध्यक्ष रिता गुरुङ्ग लगायतका नेपाली समुदायका अग्रणी ब्यक्तित्वहरूले श्रृंङ्खलाको साहित्य यात्राले तय गरेको उचाइँ प्रति नतमस्तक रहि उत्तोरोत्तर प्रगतिको कामना ब्यक्त गरेका थिए।

र अन्त्यमा,श्रृंङ्खलाले प्रकाशनमा ल्याएका बार्षिक स्मारिकामा समाबेश रचनाहरू पढ्दा हङकङ्गेली नेपाली साहित्यको गुणस्तर बढ्दै गएको अनुभूति सबैले गरेको र यसले बढाएको जिम्मेवारीबोध सबैले आत्मसाथ गरी गम्भीरतापूर्वक अघि बढ्ने निष्कर्ष आजको प्रमुख उपलब्धी रह्यो।

 

प्रस्तुतिः निरज राई

This entry was posted in Literature. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *