सम्बोधन बिनाको त्यो यात्रा – समर गुरुङ

two-people-walking

हरेक दिनको रित्तो सडकमा
छडके नजरले उसलाई हेर्थेँ
मलाई देखेर मुसुक्क हाँस्दै
लजाउँदै ऊ छेउ लागेर हिँडथी।

कैयौं दिन, महिना, वर्ष यसरी बित्यो
ह्रदयभित्र केवल तस्वीर मात्रै रह्यो,
सम्बोधन बिनाको हाम्रो यात्रा
सुनसान सडकमा अधुरै रहयो।

आजकल सडकलाई परैबाट नियाल्दै
छडके नजरले त्यो अभिनय गर्छु,
उस्को सुस्तरी हिँडाई अन्दाज गर्दै
छ्डके नजरमै मुस्काउने प्रयास गर्छु।

सम्बोधन बिनाको यात्रा अति सुन्दर थियो
केवल लजालु मुस्कान भए मलाई पुग्थ्यो,
खुशी निष्छलतामा रमाउँदै फूल्थ्यो
नसजिएका ती रमाइला पलहरु भित्र
स्वच्छ र सुन्दर प्रेमको बासना चल्थ्यो।

केवल लजालु मुस्कान भए मलाई पुग्थ्यो
सम्बोधन बिनाको त्यो यात्रा अति सुन्दर थियो।
*******

This entry was posted in Literature, Poem. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *