” मेरी हजुरआमा ” (कथा) – सुनिता गिरी

20632768_1763556023716892_2116684342_n

म बुवाको कान्छो छोरो ! मेरो एकजना दिदीलाई सानोमै बाबा आमाले बिहे गरिदिनु भएको थियो ! माग्न त धेरै ठाउँबाट आएका थिए तर कतै जात मिलेनन कतै दाँत मिलेनन ! माथ्लाघरे छिमेकी ठुल्दाइ को मित इन्डिया का लाहुरे रहेछन उनै लाई कुरा चलाऊनु भयो । सोझी दिदी निराक्षर हुनुहुन्थ्यो ! पढेका भेना , नपढेकी दिदी , खै के कुरामा मननमुटाव भएछ कुन्नी पछी भेनाले इन्डिया मा नै जागिरे हुनाले उतै पढेकी अर्कै केटी सँग दोस्रो बिहे गर्नु भएको ले मेरो दिदी हाम्रै घरमा आमालाई घरधन्दा सघाउदै बस्नु भएको छ ! प्रसँग मेरो बलापन को हो …✍

म सानै हुँदा मेरी हजुरआमाले मलाई सुम्सुमाउदै हुर्काउनु भयो , आमाको ब्यस्तताले गर्दा मैले आमाबाट भन्दा हजुरआमाबाट बात्सल्य स्नेह बढी नै पाएको थिए
काखमा राखेर कोखाई कोखाई , हाम्म भन्दै खाना खुवाउने , पिठ्युँमा बोकेर वल्लो घरको आँगन देखि पल्लो घरको आँगन सम्म डुलाउँदा डुलाउँदै म हजुरआमाकै पिठ्युँमा नै निदाउथेँ
हजुरबुवा पनि साह्रै नै दानी , धर्मात्मी हुनुहुन्थ्यो , हाम्रो घर पछाडी निक्कै ठुलो बगैचा थियो त्यो हजुरबुवा कै देन थियो । बगैचा भित्र पस्दा जो कोही पनि अर्कै आनन्द को महशुस गर्थे किन कि साह्रै नै सफा , सुन्दर , बगैचा भित्र डुलेर सबैले आहा भन्दै प्रशंशा गर्थे ! सबै खाले फुल फुलफुल जस्तै, भुईकटहर , आप , लिची , रुखकटहर , सिजन अनुरुप लटरम्मै फल्ने गर्थे , उक्त फलफुल पाकेपछी छर छिमेक ईस्ट्मित्र गाउघरमा बाड्न लगाउनु हुन्थ्यो र आँफै पनि बाँड्नु हुन्थ्यो ।

यो कुरा मेरो मस्तिस्कमा अझै ताजा नै छ , जब चैत बैशाख आउछ , बाटो हिंड्ने बटुवालाई सर्बत् को गाग्री तयारी हुन्थ्यो , बटुवाको घाँटी नसुकोस भन्ने वहाँको चाहना थियो र सर्बत् बाड्नको लागि मान्छे खटाउनुहुन्थ्यो । यो एउटा संस्कार झल्काउने महिना पनि हो जस्लाई अक्षयतृतिया भनिन्छ जुन बेलामा जौ को सातु र शर्बत् बाडियो भन्ने पुण्य प्राप्ती हुन्छ भन्ने नेपाली किन्बदन्ती पनि छ ।

समय बित्दै जादा म पनि अली बुझ्ने भए , स्कुले जीवन सुरु भयो हजुरआमाले मलाई वहाँ को जीवन कथा र एकादेश का कथाहरुले मेरो मन मस्तिस्क भरिदिनु भएको थियो ! वहाँकै आसिर्बाद र आत्मियता कै कारण मेरो बाल्यकाल सुखमय बन्दै बित्यो , म वहाँकै लाडप्यार मा हुर्किदै गए मेरो पढाई पनि बढ्दै गयो ! म एस .एल .सि परिक्षामा राम्रो अंक ल्याएको हुनाले छात्रवृत्ति पाएर स्वदेश बाहिर ( भारत ) गएर पढ्ने मौका मिल्यो ! यस् खुशीयाली मा हाम्रो परिवारले अबिर जात्रा , फुलको माला पहिराइ आशिर्बाद माथि प्रगतिका शुभकामनाहरु प्रसस्तै दिनुभएको थियो त्यो अबिस्मरणिय् पल म कहिलै बिर्सन्नँ ।

यस् समय घरका अन्य सदस्य भन्दा हजुरआमा अझै बढी खुशी देखिनुहुन्थ्यो , मेरी हजुरआमा कस्ती भने पिठो झै गोरी , सेताम्मे केश फुलेकी , चन्द्रमा जस्तो उज्जल मुहार , सधैं गुलाफ झै मुस्काइरने , घर भित्र बाहिर गर्दा लठीको सहारा लिनुहुन्थ्यो म सानै देखी दुखी गरीब र बिरामी प्रति बढी चासो लिने र सेवा गर्न रुचाउने हुनाले मलाई डाक्टर पेसा प्रती को झुकाव हुनाले मैले बिदेश मा पढेर सके पछी आफ्नै स्वदेशको सेवा गरेर बस्ने रहर पलाउन थाल्यो र मैले अन्तस्करण देखी नै यही निधो गरेँ । बिस्तारै म विदेशिने दिन पनि नजिक आयो
आमाले अछ्यता मुझेर ठीक पार्नु भयो , दिदीले जलका घडा ढोकाको संघारमा राख्नुभयो , बुवा अध्यारो अनुहार लगाएर आँखा को आशु आँखामा लुकाउदै माली गाई को गोठ तिर घास हाल्ने निहूले गोठ तिर लम्कनु भयो ।

वल्लो घर पल्लो घरका छिमेकी मेरो आँगन तिर आएर भन्दै थिए ” कान्छा बिदेश गएसी हाम्लाई च्याट्तै नबिर्सेंस है , हुलाकी आउँदा चिट्ठी चपेटा पठाउनु है बाबु , भिडभाड हुन्छ रे बिदेशमा खुब ख्याल गर्नु नि बाटोसाटो काट्दा , म वहाँहरुको मायाले नीशब्द रहन्थे
म आफ्नो लक्ष्य प्रति केन्द्रित हुँदै अब हिंड्ने तर्खर गर्दै थिए सबै जना मेरो नजिक नजिक बस्न थाल्नु भयो , मैले मेरो सामान बोकी बिदावारी हुन लागे
हजुराआमाले टिका लगाइदिनुभयो , बुवाले फूलको माला पहिराइदिनुभयो , साइतमा आमाले दही खुवाउनु भयो । यतिबेला हजुर आमाले म सँग एक्चोटि आँखा पनि जुधाउनु भएन
वहाँको मौनतामा नै आशिर्बादको नदी बगिरहेको भान हुन्थ्यो ,यसरी मा घरपरिवार समाजबाट केहीबर्स को लागि टाढा भएँ ।

बिदेस लागे पछी म मेरो पढाई र ट्रेनिङ मा ब्यस्त रहे , दुई बर्ष पछी छुट्टी मिलाएर घर परिवार र प्यारी हजुरआमा सम्झेर म नेपाल छोटो भेटघाटको लागि आफ्नो घरमा फर्किए
मेरो पर्खाइमा मुटुको ढुकढुकी नै रोकेर बसेझै मेरी हजुरआमा ले मलाई पिढीमा नै छोपी अघाउन्जेल मायाले सुम्सुमाईरहनु भयो
म उमेरले लक्का जवान भए पनि वहाँको माया पुरानै थियो सानो अबोध बालकलाई झै छोटो बसाई पछी मा फर्किने दिन पनि नजिकिदै थियो , म जानै पर्ने मेरो बाध्यता र सुनौलो भबिस्य को रथ मैले हाक्नै पर्ने थियो ।

शायद म जाने पिरले होला हजुरआमा बिरामी जस्तै शिथिल देखिनुहुन्थ्यो , वहाँको छेउमै मात्र बसे हुन्थ्यो जस्तो गर्नुहुन्थ्यो । समयको बाध्यता वर्षा मा परेपछि नभिजौ भन्दा पनि धर नपाइने रहेछ ! मुटु माथि ढुङ्गा राखी फेरी म बिदेशिन वाध्य भए , बिरामी हजुरआमालाई छाडेर , बुवाले मलाई बिमानस्थल सम्म छाड्न आउनु भएको थियो , बुवा सँग छुटिनु पर्दाको पिडा फेरी अर्कै हुने रहेछ , आशु थाम्नै सकिन किकर्तब्यबिमुढ भएर हात मात्रै हल्लाएर चेकिङ् सेक्सन् तिर लम्किएँ ।

यात्रा भरीनै आखा ओभानो भएन मेरो झल्झली वृधदा हजुरआमाको याद्ले पिरोलि रह्यो , प्लेन बाट ओर्ली ट्यक्सी लिएर कोठामा पुगे ! नानाभातिका तर्कना खेलाउदै हात खुट्टा पखाली अल्छे पारामा लमतन्न पलङ मा पल्टिएँ । जीवन जिउनको लागि मान्छेले हरेक संघर्स खेप्नु पर्दोरहेछ , जतिसुकै सुखसयल मा रमाए पनि आफ्नोपन को न्यानो आभास यो झिलिमिली भित्र निस्पत्टै लाग्दोरहेछ येतिबेला मलाई यस्तै तनावहरुले झुमलिरहेको छ । एक्कासी फोन् को घन्टि बज्यो र मेरो तन्द्रा बिथोलिदियो ! टिनिनी ,, टिनिनी ,,,☎️

म फोन उठाउन लम्किएँ , मैले सोँचे मेरो साथीले फोन होला भनेर तर बिधिको बिडम्बना मैले यताबाट “हेल्लो ” मात्र के भनेको थिए उता बाट पल्लघरे माईला बाले ,”बाबु ,हजुरआमाले हामी सबैलाई छाडेर यो संसारबाट बिदाहुनुभयो ”
म जहिँको तही स्तब्ध रहे , हातखुट्टा लग्लग कामे , थुचुक्कै भुईमा बसे , हुनत जन्मे पछी मृत्‍यु अपरिहार्य छ भन्ने थाहा हुँदाहुँदै पनि बिछोडको पिडा आफुलाई पर्दा सहन साह्रै नै कठिन हूदोरहेछ ! तेसैले त भनिन्छ ” आफ्नो पण्डित्याई अरुलाई काम लाग्छ न कि आफुलाई परीअाउदा ! आखिर बिदेस न पर्‍यो यहाँ कस्को पिडा ,कस्को रुवाई ,र दुखाइ ले कस्लाई असर पर्दोरहेछ र 😭 बिधिको बिडम्बना सम्झेर आफुले आफुलाई नै समाल्नु पर्ने रहेछ , जिन्दगी जिउनै पर्ने रहेछ
अब त हजुरआमा बितेको पनि केही बर्ष भैसक्यो तर पनि यो मन मा वहाँको याद ले छट्पटाइरहछ ! मेरी हजुरआमा बाचेको भए , भाईबर स्काइप मा अनुहार हेरी हेरी कती धेरै कुराहरु सुनाउथे होला

हिंजोआज बाटो हिड्दा वृध्दा महिला देख्दा मेरो उनै प्यारी हजुरआमाको याद्ले बिछट्टै सताउछ ..✍🙏

20629328_1763557667050061_521013729_o

कथाकार:  सुनिता गिरी

This entry was posted in Literature. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *