नशा -इन्द्र थेगिम

fb_img_1479994894759भालेको डाकमा,
बिहान उठ्नै पाएको छैन
सासु ले बुहारी लाई
एकोहोरो ठुगिंरहने
नशा ।

प्रत्युत्तरमा,
बुहारी ले सासु लाई
कानमा तेल हालेर
बोली भुइँमा खस्न नदिइ मोबाईलमै ब्यस्तरहने
नशा ।

हकवाला दिदि बैनिहरु,
भाउजू को रिस ले हो कि
बुहारी को आर्‍हिस् ले
आँखा रातो पार्दै मुर्मुरिंदै एक्लै फत्फताईरहने
नशा ।

आईपर्दा कामलाग्ने छिमेकीका के कुरा,
छुसुक्क के कुरा चुहियो कि आम्मै!!
रातभरिमा तिललाई बनाउंछन् पहाड
भाईरल डिजिज् लाई जस्तो मास्क लगाईरहन पर्ने
नशा ।

सेन्तेरेम को के कुरा,
स्वास्नी सुत्केरीबाट तंग्रीन नपाई
लखर लखर गाउँ चहार्दै
गाउँ,घर, टोल मा कोकोहोलो मच्चाउने
नशा ।

नपढी बनेका डाक्टरहरुका के कुरा,
दु:ख ले भनौं कि सु:ख ले
रहरले भनौं कि बाध्यताले
आफू संगै कुलको ईमान, ईज्जत् धमिल्याउने
नशा ।

आजका न्यु जेनरेसनका के कुरा,
अरुकै लागि पढिदिए जस्तै
धर्ती हैन स्पेस मै जन्मलिए जस्ता
वाईफाई नभए सम्म त घरको माहौल नै खल्बल्याउने
नशा ।

छोडिजाने मायालु को के कुरा,
उसैको लागि बांचिरहेछु जस्तो
मीठो स्पर्श संगै घन्टौं हेरिरहुं जस्तो
घरजम अन्तै भएनि मुटु उसैको लागि धड्कीरहने
नशा ।

वरिष्ठ संगै ठुटे लेखकहरुका के कुरा,
फरक त भित्री दिमागको मात्र न हो
बांकी मेहनत र ईच्छा त सबैको उत्तिकै
कमेन्टस्,लाईक्स् पाउन फेसबुकमै झुन्डिरहने
नशा ।

– इन्द्र थेगिम

This entry was posted in Literature, Poem. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *