कति सुन-दर यो हङकङ नगरी

gurkha

दिलदार कतिकति
कला साहित्य प्रेमी छन्
कट्टीले रेटी रेटी
गोली खाने यहीँ छन्
नहाँस दुनियाँ  हामी रुँदाखेरि
कति सुन-दर यो हङकङ नगरी

दिल फुकाई फुकाई
हामी सत्कार गर्छौं
गोजी रित्याई रित्याई
दामी प्यार गर्छौं
कलाकारलाई पठाउँछौं गोजी भरिभरि
कति सुन-दर यो हङकङ नगरी

खून पसीना एक गर्ने
परिश्रमी यहीँ छन्
खून पसीना लुटिखाने
उपियाँ पनि छन्
टाढाबाट नहेर एउटै चश्मा भिरी
कति सुन-दर यो हङकङ नगरी

बाउ-बाजेले परेड खेलेका
पाइतालाका डोब यहीँ
आमा -छ्यामाका संझना
छरपस्ट जहितहीँ
हाम्रा लालाबाल फुल्ने  फूलबारी
कति सुन-दर यो हङकङ नगरी

 

यो होङकोङ छ सुन्दर
अझै सिंगारौं अझै कसो गरी
कति सुन-दर यो हङकङ नगरी!

 

-रबिन बान्तावा खाहोङ राई

नोट: भानुभक्त आचार्यको ‘अलकापुरी कान्तिपुरी नगरी’ को नक्कल ।

उपनोट: सक्कल बमोजिम नक्कल दुरुस्त छैन 🙂

This entry was posted in Literature, Poem. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *