“आमा” – जुनु राना

mother

एउटा सन्तान जसलाई नौ महिना गर्भमा राखेर आफ्नो रगतले सिँचाइ गर्दै आफ्नो वास्ता नगरी घरका अन्य सदस्यहरु मस्त निदाउने बेलामा समेत त्यो छोराको निम्ति आँखा मिच्दै ब्युँझिन्छिन।कतै छोरालाई चिसो भो कि कतै छोरालाई गर्मी पो भयो कि? छोरा रुँदा कतै उसलाई बिसंन्चो पो भयो कि ? उनि आत्तिन्छिन, किनकि त्यो सानो बालकले यस्तो भो उसो भो आमा भनेर भन्न सक्दैन।

तै पनि ती आमा उसको अबोध बोली समेत सुन्ने गर्छिन।अनि छट्पटीदै लौ के भो मेरो छोरालाई भन्दै तड्पिन्छिन।

बुहारीको दैनिकी। एक श्रीमतीको दैनिकी एक छोरीको दैनिकी। जुन अन्य मानिसको भन्दा बेग्लै हुन्छ।घरको काम सारसफाई श्रीमानको मेजवानी सासु ससुराको मेजवानी यी सबै काम भ्याइसकेर अनि फेरि आमाको श्रेष्ठ कर्तब्य निभाउनु पक्कै पनि सजिलो छैन।कति सजिलैसँग मान्छेहरुले छोरीबुहारीको जीवन मुल्यांकन गरिदिन्छन।

भन्छन्, काम के छ र? घर बस्ने नानी हेर्ने दुल्ने।यस्तै यस्तै।तर आमा बन्न संसारको सबैभन्दा महत्त्वपूर्ण कुरा हो।यत्रो बिशाल विस्वमा हामी मान्छे त छौं नि हैन र? छौं त केवल आमाको गर्भले छौं।आमा यानेकी कसैकी छोरी।उनि पनि हामी जस्तै मान्छे हुन।तर छोराछोरीमा समनता छैन।यि दुबै आफ्नो आफ्नो स्थानमा महत्त्वपूर्ण छन। पुरुषबिना आमा बनिन्न तर जीवनलाई जन्म दिने केवल आमा हुन।जसले शरिरको सबै अंगहरु टुक्राटुक्रा परेर भाचिदा जस्तो पिडा हुन्छ हो त्येस्तै पिडा सहेर त्येस्तै पिडा संग झुधेर एउटा सन्तानलाई यस धर्तीमा ल्याउँछिन।र अनि मात्रै हामी यो संसारमा भिन्दा भिन्दै परिचय लिई बांच्न सकेका छौं।

त्येसैले…..
आमालाई कुनै एकदिन मात्रै संम्झने नगरौं।सुखैसुख दिन नसकेता पनि व्यबहारले बचनले आमाको चित्त नदुखाईदिउँ।आमा के कस्तो छ, संन्चो बिसंन्चो के कसो छ भनेर मन राखिदिई रहौँ।निस्वार्थ ममता र बलिदान मात्रै आमा भित्र पाईन्छ।हामिले आफ्नो जीवन जहाँ जसरि जो संग बिताए पनि आमालाई नभुलौं।यो दुनियाँमा धनले किन्न सक्ने मनले प्राप्त गर्न सक्ने लाखौं लाख चिजहरु छन्।तर हामीलाई यस संसारमा ल्याउँने “आमा”एउटा र एकपल्ट मात्रै प्राप्त हुन्छिन।जसलाई पैसा बुद्ध र शक्तीले प्राप्त गर्न सकिदैन….

This entry was posted in Literature, Prose. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *