हङकङ आइ डी हराएमा…

hong-kong-national-id-card-one

दैनिक काम कार्यवाहीहरुमा आइ डी नभई नहुने भएकोले तपाईं हामीले हङकङ आइ डी सबैले बोकेरै हिंड्ने गरेका छौं ,सधैं बोकेर हिंड्दा हराउने संभावना पनि बढेर जाने भो । तपाईंको आइ डी हराएको खण्डमा केही समस्या त अवश्यै हुन्छ तर नेपालमा नागरिकता हराए जस्तो झन्झटिलो चाहिँ छैन ।

भेटिन्छ कि त? रिपोर्ट गरौं

हराएको आइ डी बारे पुलिस स्टेशनमा जान सकिन्छ तर पुलिस स्टेशनमा जान फुर्सद नहुन सक्छ, हराएको आइ डी बारे पुलिसमा अनलाइनबाटै रिपोर्ट गर्न सकिन्छ, पुलिसको वेबसाइटमा जान यो लिंकमा क्लिक गर्नसक्नुहुन्छ ।
रिपोर्ट गरेर भेट्ने आशा त गर्न सकिन्छ तर त्यसै भरोसामा बस्नु मनासिब होइन, त्यसैले नयाँ लिने कार्यवाही बढाउनु नै ठिक होला । आजकाल फेसबुकतिर पनि भेट्नेले प्रचार गरिरहेको हुनसक्छ, त्यता पनि ध्यान दिनुहोला ।

कसरी नयाँ प्राप्त गर्ने त?

हराएको १४ दिन भित्र इमिग्रेसनमा रिपोर्ट गर्नुपर्ने नियम रहेको छ । दैनिक रेजिस्ट्रेशन कोटा प्रणाली अन्तर्गत रहने भएकोले कि त सबेरै नजिकैको इमिग्रेसन अफिसमा लाइन लाग्नु जानुपर्‍यो , नत्र टेलिफोन या इन्टरनेटबाट अप्वाइन्टमेन्ट बुक गर्न सकिन्छ ।

इमिग्रेसनमा अप्वाइन्टमेन्ट बुकिङ गर्न  Telephone booking system: (852) 2598 0888 , अनलाइन बुकिङको लागि यहाँ क्लिक गर्नुहोस्

टेलिफोन वा इन्टरनेटबाट बुकिङ गर्दा तपाईंलाई नजिकैको मिति दिइन्छ, हराएको लागि भनेर छुट्टै फाराम छैन, नयाँ आवेदककै फाराम भरेर बुझाउनुपर्छ । आइ डी लिन इमिग्रेसनमा प्राप्त हुने फाराम भर्नुपर्छ, घरमै प्रिन्ट गरेर भरेर लगेर गए झन सजिलो हुन्छ , फाराम यहाँ डाउनलोड गर्न सकिन्छ । आफ्नो परिचय खुलाउनु पासपोर्ट, जन्म दर्ता प्रमाण पत्र लगेर जानुहोला । तपाईंलाई सुरुमा आइडी आवेदन दिँदा जस्तै कागजको अस्थाई आइडी दिइन्छ र स्मार्ट कार्ड लिन निश्चित दिन तोकेर पठाइन्छ।

 

पहिलो पटक आवेदन गर्दा आइ डी नि:शुल्क दिइए पनि हराएकोमा भने ३७० डलर तिर्नुपर्छ, त्यसैले भरसक नहराएकै राम्रो (हराउँछु भनेर कल्ले हराउँछ र!)।

 

This entry was posted in Hatteri. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *