स्व. इशान गुरुङको लागि हत्तेरीको अपील!

ishan grg

हामी होङकोङे नेपालीहरु साह्रै उदार मनका छौं, सधैं अरुलाई पर्दा छाति खोलेर सहयोग गरेका छौं । हुन त हामी पनि कहाँ संपन्न भएर यहाँ विदेशमा जोत्तिएका हौं र?

इशान पनि हामी मध्ये धेरै जस्तै मध्यमवर्गीय परिवारका हुन्, र यो होङकोङमा २,२ वाट जागिर खाएर पनि नपुगेपछि उनले भर्खरै आर्थिक बाध्यताका कारण कन्स्ट्रक्सनमा होमिएका थिए ।

आज होङकोङकै हाम्रै भाइ इशानको परिवार(पत्नी कुमारी थापा मगर र ३ वर्षे छोरी लिबाना गुरुङ) लाईलाई आपत पर्दा मुठ्ठूी बाँधेर पक्कै बस्ने छैनौं ।स्याङ्जा स्थायी घर भई हाल होङकोङको ग्यामोन कम्पनीमा निर्माण क्षेत्रमा काम गर्ने स्वर्गीय इशान गुरुङको परिवारमा उनी एक मात्रै रोजगारमा थिए । आज उनी नहुँदा परिवारलाई परेको आर्थिक समस्या महशुस गरेर इशानको परिवारको सहमतिमा आर्थिक सहयोग गर्ने पहल हत्तेरी डट कम ले शुरु गरेको छ । यो विपदको घडीमा दुख त छँदैछ, आर्थिक समस्या पनि निश्चय नै टड्कारो विषय हो ।

संपूर्ण संघ संस्था, समाजसेवी, बुध्दिजीवि, पत्रकार, कलाकार र कंचन हृदय भएका तपाईं सबैलाई हत्तेरी डट कम को यो निवेदन छ – हामी एकजुट भई परिवारको दुखमा थोरै भए पनि सहयोग गरौं ।

रकम संकल गराउने तरिका :
कृपया Hang Seng ac number:775065352668 एकाउन्ट नम्बरमा रकम जम्मा गराई यहीं तल कमेन्ट बाकसमा बैंक रसिदको फोटो अपलोड गरिदिनुहोला ।
हामी पारदर्शीताका साथ इशानकी पत्नीलाई रकम हस्तान्तरण गराउनेछौं ।

हत्तेरी डट कम

This entry was posted in Article, Notice. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *