“दशैं पेश्की”- इन्द्र थेगिम

received_10155495212269718

तिमी लोग्नेमान्छे लेखक भनी माग्ने हरु चेन् …
हुरि,बतास,
फूल,काँढा,
बादल,पानी,
रुख,बोट,बिरुवा……….जस्ता ….
प्राकृतिक जन्य बस्तुहरु देख्नै भएन हैन?
अरुले पढोस् नपढोस् …बा! लेखेको छ …छ।
भुत्ते खुकुरी होर रेती लगाएको?

बाटुली अगेना को चुल्हो मा दाउरा नबलेर सोंथेले फु~फु गर्दै फतफताई रही । लोग्नेलाई कर्के नजर लाउंदै फेरि भडाँस पोख्न थाली-
बाटुली: तेस्तो कुरा महसुस गरेर कापीमा उतार्न सक्ने ले जाबो यो दाउरा फुकेर आगो सम्म त बाली दिनु नि ?
लोग्ने:  ए नकरा न है! यसपालीको दशैं पेश्कीले तँलाई सारी चोला फेरिदिन्छु भनेकै छु त। बरु फिका चिया बनाएर छिटो लिएर आ।
बाटुली: अन्त किनिदिन्छु भनेको बर्ष दिन नाघ्न आँटो त। दशैं को भिड्म भाड भै सको खै कैले किन्दिने?
लोग्ने: लु म आजै सदरमुकाम गएर किनिदिउला। बोनस मा तँलाई चुरा पोते नि थपिदिन्छु।

आईमाई केटकेटी मन न हो बाटुली एकैछिनमा फुरुङ्ग भई। तल्लो घर बाट दुईमाना धानको चामल पैंचो ल्याई। ईस्कुस को जरा दिनभरी लाएर उखेली।
बेलुकीको भान्सालाई भात, इस्कुस जराको रसिलो तरकारी र गोलभेंडाको पिर्हो अचार बनाएर लोग्नेको बाटो कुरिरही।
रात छिप्पिन लाग्यो।
अहँ; बाटुली को लोग्ने आउने अत्तोपत्तो छैन।
धुमधाम छट्पटी भयो।
कुर्दा कुर्दै उंघ्न थाली घर बाहिर बार्दली मा बसेर ।

ए बाटुली! बाटुली! कसैले आवाज दियो।
तर्सिंदै हजुर! भनी।
हैन तिम्रो लोग्ने लाई किन बश मा राख्न नसकेकी? पछि बच्चा बच्ची भएसी के गरि खान्छौ हं?
भनेर छेमिकी काकाले सातो खाए।
यहाँ बाटो मा तिम्रो लोग्नेलाई लिन आउ। दिनभरी त रक्सी धोकेछ्न् । मातेर भुइँ मा खुट्टा टेक्न सक्तैनन् ।

बाटुली ले जोरले ‘हुन्छ काका, म आई हालेँ’ भन्दै यो जंड्याहा जात लाई कुकुरको झोल ले कैले नाक नलाग्ने भो नि भन्दै हतार चप्पल घुसारेर बाटो मास्तिर लोग्नेलाई लिन भनि हिँडी।

– इन्द्र थेगिम

This entry was posted in Article. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *