दशैं त किराँत चाड पो हो – डा. कविताराम श्रेष्ठ

kavita-ram-shrestha कुनै एक बाहुन नेताले यो दशैं भनेको किराँतहरुको आफ्नो चाड हो नबुझी दशैँका विरोध गर्दैछन् हिजोआजका आदिबासी /किराँतहरुले भनेर मसँग भन्नुभएको थियो । उहाँले दलीलस्वरुप भन्नुभएको थियो दशैँ अनाजसँग सम्बन्धित चाड हो । अनि अनाज भनेको कृषी उत्पादित वस्तु हो । हरप्पा र महेन्जोदडोको उत्खननबाट बुझिएको कुरो हो कि आर्यहरु यता आउनुभन्दा पहिले नै यताका जनजातीहरुले कृषी शुरु गरिसकेका थिए । आदि । म पनि त्यही हिसावले सोच्ने मान्छे परेँ र दशैँ मुखैमा आइपुगेको हुँदा त्यसलाई केही विश्लेषण गरी तपाईँ सामू राख्न मनलाग्यो ।

 

वेदहरुबाट बुझिन्छ आर्यहरु गाइपालुवा जाति थिए र गाई चराउँने सिलसिलामा स्थान सर्दै पश्चिम युराली भेगबाट पूर्व भारतीय उपमहादेशतर्फ आएका थिए । उनीहरु निश्चिरुपमा घुमक्कड थिए । एक स्थानमा बस्दैनथे र कृषी यीनिहरुको पेशा त्यसबेला थिएन । यता सिन्धुघाँटी तथा गङ्गाको मैदानमा पसेपछि यताकै जनजातिहरुको सिकोमा स्थायी बसोबास शूरु गर्नलागे र त्यही सिकोमा कृषीपेशामा लागे । यतैको संस्कृति ग्रहन गर्दा उनीहरुले कृषीबाट उत्पादित वस्तु चामल अर्थात अक्षेता निधारमा लाउने विजयादशमी वा दशैँचाड पनि ग्रहन गरे । कुरा त यही हो तर फरक कहाँ पर्न गयो भने आर्यहरुले दशैँलाई धर्मशास्त्रहरुमा उद्धरण गरे र आर्यदेवताहरुको पारलौकिक कथा जोडिदिए । अनि त युगौँ बीतेपछि हिन्दुका उनै शास्त्रीय आख्यानहरुका कारणले दशैँ हिन्दुहरुको धार्मिक चाडको रुपमा मात्र बुझिन लाग्यो ।

 

कसरी यो अनाज सम्बन्धित चाड हो त ? मुख्यतः यो चाडको साइत धान पाकेर घर भित्र्याउने बेला पारेर गरिएको छ । कृषि उत्पादित चामललाई अक्षेताको रुपमा निधारभरी टाँसेर त्यो उत्पादनको खुशियाली मनाइन्छ । धान वा मकै वा अन्नहरु खसेर उम्रिन गएका अङ्कूरहरुलाई जमरा भन्दै कानमा सिउरेर आफूलाई सिँगार्दछन् । धान भित्रिएको छ त्यसैको पकवान बनाएर रमाउँछन् । आफू खान्छन् यीनै उपलव्धीहरुका आतिथ्यसाथ नरनाता इष्टमित्रहरुसँग पनि भेट्घाट भलाकुसारी गर्दछन् । अन्न घरमा भित्रिएको छ त्यसलाई बेचेर लुगाफाटो वा अन्य रौसका सामग्रीहरु जोहो गर्दछन् । निश्चितरुपमा यो अनाजको चाड हो भन्न गहकिला प्रमाणहरु छन् ।

 

कुरा त यसोउसो जे भने पनि यो चाड आर्यहरुले पश्चिमबाट ल्याएको नभई यतैको उपज थियो र आर्यहरुले यसलाई पछि ग्रहण गरेको हो भन्नुमा छ । यसका प्रमाणहरु अरु कुराबाट पनि पुष्टि हुन सक्छ । तीमध्ये एउटा यो पनि हो कि यो चाड मनसुनी जलवायु क्षेत्रको उपज हो ।

 

मनसुनी जलवायु हिमालयदक्षिण सिन्धुघाँटी गङ्गामैदान र भारतको देक्कन प्लेटोमा हिन्दमहासागरवाट आउने वेष्टर्ली वीण्ड (पश्चिमतिरबाट आउने सामुद्रिक वायु) को कारणबाट निर्मित जलवायु हो ।यस वायुले हिन्द महासागर बाट वाष्प बोकी जुनजुन क्षेत्रका जलवायुमा प्रभाव पार्दछ त्यस क्षेत्रलाई मनसुनी क्षेत्र भनिन्छ । सूर्य ट्रपिकअफ केन्सर २३.५ डिग्री अक्षांश मा आउँदा र त्यहाँबाट फर्केर इक्वेटरतिर फर्केर जाँदा तीनचार महीना सूर्यको रापले हावा तातिन जान्छ र त्यस क्षेत्रमा हवाको छाप कम भई हावा माथि उठ्दछ । त्यहाँ हावाको मात्रा कम हुँदा दक्षिणपश्चिमबाट हुर्रिएर हावा पुरिन आउँछ । यसरी आउने हावाले हिन्दमहासागरबाट त्यतैका सामुद्रिक बाफ बोकेर आउँछ र यताका पहाडहरुमा ठोक्किएर वर्षा गराउँछ । यो वर्षा अन्दाजी ३ महीनासम्म हुन्छ । सूर्य ट्रपिक अफ केन्सरबाट उँधो झर्न लागेपछि वेस्टर्ली वीण्डले दिशा नै परिवर्तन गर्ने हुँदा यता वर्षा नै बन्द हुन्छ । अब यस क्षेत्रमा वर्षाबाट हुने बाढी पहिरो असिना आदि-इत्यादि कष्टहरुको अन्त्य हुन्छ । तर यसै बेलामा वर्षाको कारणले हुने उत्पादनहरु पाकेर पहेँलपुर भइरहेको हुन्छ । बनजङ्गलमा घाँस फलफूल भएका हुँदा पशूपन्छीहरु पनि मोटाएका हुन्छन् । कृषीकर्मको बाटोमा व्यवधान भएका दुखकष्टहरु नाश भएको हुन्छ । उनिहरुका परिश्रमहरु पाकेर धनधान्य भएका हुन्छन् । पानी संलिएका हुन्छन् । हीलो सुकिसकेका हुन्छन् । दिन खुल्ला भइसकेको हुन्छ । गर्मी हराइसकेको हुन्छ । त्यो वर्षाको दुख कष्टबाट उनीहरुले विजय प्राप्त गरेका हुन्छन् । त्यही दुखमाथिको विजयको उपलक्षमा उनीहरुले खुसियाली मनाए एउटा चाडको रुपमा । उनै उपलव्धीहरुले आफूलाई सृङ्गार गरेर- अर्थात् धानका चामल निधारमा टाँसेर खसेका दानाका अङ्कूरहरु शीरमा शीउरेर र उत्पादित मासु र चामलले आफू परिवार नातेदार अनि इष्टमित्रलाई सत्कार गरेर, अनि लामो समयको परिश्रम पछि फुर्सद पाइएकोले नातेदार अनि इष्टमित्र भेटघाट गरेर ।

 

पहिलो कुरा त आर्यहरु घुमक्कड पशुपालक त्यसैले निधारमा टाँस्ने धानचामल उनीहरुको लागि अनजानकै वस्तु थिए । त्यसमाथि उनीहरु जहाँबाट आए त्यहाँ मनसुनी जलवायु नहुँदा धान उब्जाउने प्रविधि पनि थिएन र जुन साइतमा दशैँ हुने गर्दछ त्यो साइत युराली भेगका जनजातीको लागि हुनै सक्दैन । किनभने यो साइत दशैँजस्तो मनसुनी जलबायुबाट प्रदत्त कृषीउत्पादनसँग सम्बन्धित छ । युराली भेकमा मनसुनी जलबायु नभएको हुँदा त्यसमासमा धानको उब्जाऊ हुँदैन र त्यही मितितिथिको साइत त्यहाँ बन्दैन । त्यसैले निर्क्यौल यही बन्दछ कि दशैँ मनसुनी जलबायु क्षेत्रका जनजातिकै चाड थियो र त्यो जनजाति यस क्षेत्रको प्रमुख जातिआदिबासी िकंराँतहरु मात्र हुन सक्दछन् । पछि यता स्थाइ बसोबास गर्न आइपुगेका आर्यहरुले पनि दुखमाथि विजय प्राप्त गरेको यो मितितिथिलाई उही रुपमा आदिबासी/किराँतहरुसँगै मनाए । आफ्ना शास्त्रहरुमा दुखमाथिको विजयलाई अद्यात्मिक रुप दिन असुरहरुमाथिको विजयको रुपमा कथाकृत गरे । एउटा फरकलाई ध्यानाकृष्ट गर्नुहोस् किराँतहरु चामल नरङ्गाई सेतो अक्षेताले टिका लगाउँछन् जब कि हिन्दुहरु यसलाई िसंदुरले रङ्गाउँछन् । सिन्दुर हिन्दुहरुको टिका भएकोले यसलाई रङ्गाइयो भने किराँतहरु आफ्ना पूर्वरुपमै अडिग थिए र छन् ।

 

दशैँलाई कृषिसँग जोड्ने भनाइबाहेक अरु केही सन्दर्भहरु पनि छन् जसले दशैँ आर्यहरुद्वारा ल्याइएका चाड नभई आदिबासी/किराँतहरुकै चाड भएको कुराको पुष्टि गर्दछ । पहिलो कुरा त के भने दर्शै दुर्गापूजासँग सम्बद्ध भएकोले यो मात्रिसतात्मक समूहको चाड भनेर मान्न पर्ने हुन्छ । हिन्दुजाती आइमाइजातीलाई सामान्य वस्तुसरह दासी मान्ने र मृतलोग्नैसँगै जीउँदै सति पठाउने पितृसतात्मक जाती भएको हुँदा स्त्रीशक्तिलाई नै सर्वशक्तिमान मान्ने चाडको प्रवर्तक आर्यहरु हुनै सक्दैन ।

 

पश्चिमबाट आउने आर्यहरु युरालबाट सिन्धुघाँटिसम्म आइपुग्दा उनीहरु इन्द्रपूजक थिए । सिन्धक्षेत्रमा पसेपछि उनीहरु विष्णुपूजक बने । यताका किराँतदेव वा द्रविडिएनदेव शिव गणेशलाई आत्मसात गर्न उनीहरुलाई हज्जारौँ वर्ष लाग्यो र गङ्गाको मैदानको उत्तरपूर्वी भेगमा आइपुगेर मातृसतात्मक समूह आदिबासी /किराँतहरुसँग उनीहरुको सम्पर्क बन्न अरु हज्जारौँ वर्ष लाग्यो । यसले के जनाउँछ भने हिन्दुहरुले यस चाडलाई आत्मसात गर्न हज्जारौँ वर्ष लाग्यो र शास्त्रहरुमा दशैँको उद्धरण भएको धेरै भएको छैन सम्भवतः केही हज्जार वर्ष मात्र ।

 

दशैँ हिन्दुहरुको चाड थिए भने त्यो प्रचलन पश्चिमतिर हुनुपर्दथ्यो वा हिन्दुहरुको प्रभुत्व भएका अन्य क्षेत्रहरुमा धुमधामले हुनुपर्दथ्यो । तर त्यस्तो छैन । दशैं उनीहरुको प्रमुख चाड त्यता छैन । चामलको टीका त त्यता प्रचलनमै छैन भने पनि हुन्छ । बुझ्नु पर्ने यो छ कि दशैँ गंगाउत्तर हिमाली भेक र वङ्गालजस्तो आर्यहरुको आगमनको अन्तिम सीमा क्षेत्रमा मात्र धुमधामले प्रमूख चाडको रुपमा मानाइन्छ र यो क्षेत्र पूर्णतः आदिबासी/किराँत क्षेत्र हो । यस भेकका हिन्दुहरुले दशैँ माने भन्दैमा हिन्दुहरुकै आयातित चाड मानेर आदिबासी /किराँतहरु पर सर्नू गलत नै हुनेछ । गङ्गापारिका हिन्दुहरुले नेपालीहरुलाई टीका लगाएको देख्दा- देखो पहाडीलोग चावल माथामे लगाके फिरता है भनेर मूर्ख बनाउने सन्दर्भ यहाँ विचारणीय छ ।

 

अर्को सन्दर्भ पनि यहाँ छेडूँ । हिन्दुहरुमा चार वर्ण छन् । उनमा ब्राह्मण र क्षेत्री वर्णहरु मात्र पूर्ववत् आर्यहरु हुन् । अरु थपिएका वैश्य र शुद्र वर्णहरु यता आगमन भएर सम्पर्कमा आएपछिका सम्झौताका जाति एवं विजित जातिहरु हुन् । वैश्यहरु कृषक वा व्यापार गर्ने समुदायका जातिहरु हुन् भनी हिन्दुशास्त्रले नै भन्दछ । आर्यहरु कृषक थिएनन् त्यसैले उनीहरु वैश्य भएनन् । वैश्य नभएका ती आर्यहरुका यो दशैँ भन्ने कृषकहरुका चाड आफ्ना कसरी हुन्छन् ? हिन्दुहरुका चाड त तब बने जब यताका आदिबासी/किराँत र उताका आर्यजाति मिसिन लागे वा जबदेखि आर्यहरुले किराँतहरुका संस्कृतिसमेत ग्रहण गरी यस भेगमा सहभागी बन्न थाले । बिचारनीय यो छ कि हिंदूसंस्कृतिको बिकास नै आर्य र किरांत लगायतका अन्य यस भेगका आदिबासी जनजातिहरुका संस्कृतिहरुको संमिश्रणबाट भयो ।

 

कुरा यीनै हुन् । हिन्दुशास्त्रले दशैँलाई आफ्नो चाड मान्दा आदिबासी /किराँत जातिले यो चाड आफ्नो नभनी यसको अवज्ञा गर्नु वा बहिस्कार गर्नु एक हिसावले ठूलै गलत सोच हुन्छ । हिन्दुहरुले यो संस्कृति ग्रहण गरेको प्रघटना आदिबासी/किराँतहरुको लागि एउटा गर्वको विषय हो । समस्त किराँतहरुले आफ्ना पूर्वरित अनुशार यस कृषी चाडलाई निरन्तरित गर्दै लानुपर्छ ।

 

हिन्दुहरुको दशैँचाड मान्ने सद्भावलाई आदिबासी/किराँतहरुले प्रत्यूत्तरमा आदरसाथ लिनुपर्दछ । दशैँको अवज्ञा आदिबासी/किराँत संस्कृतिकै अवज्ञा हो । इति ।

 

(पहिचानबादी लेखक कविताराम श्रेष्ठको पोस्ट बाट)

This entry was posted in Article, Featured. Bookmark the permalink.

12 Responses to दशैं त किराँत चाड पो हो – डा. कविताराम श्रेष्ठ

  1. सम्भब आर्य शर्मा says:

    किरांत को चाड आर्य हरु ले आत्मसात गरे र दशैँ मनाउने प्रचलन मा संलग्न भए ! ठिक हो !
    किराती मूल का इश्वर भगवान सिब लाइ आफ्नो सबै भन्दा ठुलो इश्वर माने ! ठिक हो !
    प्रकृति पुजक किरांत हरु को धर्म र इश्वर लाइ नेपाल का बाहुन क्षेत्रि ले त्यति मात्रै होइन, कुकुर को पुजा, काग को पुजा, गोबर्धन पुजा, गाइ पुजा, जस्ता स्थानीय जनजाति मा प्रचलित प्रकृति पुजा लाइ सहजै धर्म मा समायोजन गरे ! आत्मसात गरे ! बिस्तार गरे र भब्य बनाए ! यो सत्य मा के अब बाहुन क्षेत्रि ले दशैँ तिमि हरु को हो हामि मनाउदैनोउ भनि निक्रिस्ट र पतित बिचार लिने ? रातो रंग र सेतो रंग मा छुट्ट्याउने ? रंग हुने ले रंग हाल्छ नहुने ले हाल्दैन ! सेतो टिका लगाको मलाइ पनि याद छ ! भारत मा हिन्दु भए पनि खोइ जमरा राख्दैन, टिका लाउदैन, काग को पुजा गर्दैन, कुकुर, गाइ को पुजा गर्दैन – नेपाल का बाहुन क्षेत्रि ले पनि त्येही गर्ने ? त्येही नालायकी र विकृत मानसिकता देखाउने ?

    तर तिनै किराँत हरुको आज धर्म परिबर्तन गर्ने लहर अरु जात जाति मा भन्दा प्रतिसत मा धेरै छ ! जो धर्म परिबर्तन गरेर क्रिस्चियन भएका छन् तिन को बोलि र गालि तिनै बाहुन प्रति चर्को छ ! बडो अनौठो र बिडम्बना लाग्छ – नेपाल मा बाहुन क्षेत्रि लाइ गालि गर्यो भने त्यो ठुलो र बिद्द्वान मा गनिन्छ ! भएका डलरे बिद्द्वान हरु बाहुन क्षेत्रि लाइ गालि गरेरै बिद्दता प्रदर्सन गरिरहेका हुन्छन !
    डलरे बिद्द्वान हरु ले नभएको काल्पनिक झूट लाइ जनमानस मा फैलाएर – जनजाति को धर्म, सस्कृति मा पहिरो र फडानी त गरिरहेका छन्, बाहुन क्षेत्रि को प्रगति लाइ जनजाति को दुर्गति संग जोडेर फुट र तिरस्कार को आहाल खनिरहेका छन् तर तिनै धर्म परिबर्तन कारी जो त्येही आहाल मा बसेर धर्म परिबर्तन गराई रहेका छन् तिन को बिरुद्द कुनै आवाज उठाउदैनन ! किन कि डलर रुपी हड्डी खोसिएला भन्ने डर हुन्छ !

  2. nemo says:

    हा हा हिजो अस्ती राम र रावन ,दानव र देवता ,देवता र असुर माथिको विजय ,नेपाल आएर खडक मार माथिको विजय भनेर निर्धकक मार हान्ने हिन्दू ब्रामन हरु अहिले आदिवासी जनजाती सचेत भए प्रतिकार गर्न सक्छन त्यसैले अब कसरी हुन्छ हिन्दू चाड बच्चाएर अझाइ शोषन दमन गर्न नयाँ उपाय यो किराती को धानको चाड रे !बाफरे बाफ सकिएन इनिहरुको ईन्द्र जाल बुझ्न । किराती हरु हिमाल मा बस्ने अहिले सम्म धन फलेको थाहा छैन ,कोडो फापर फल्छ किराती हरु पहाडमा बस्ने धान खेती गरेको थाहा छैन त्यहा मकै जौ गहु फल्छ धान फल्छ त सम्याथआर तराइमा अर्थात भार्त तिर नेपाल को पहाड बाट धान भारट जान्छ कि भारत बाट चामल आउछ ???वाइयात लेख

  3. Babu Ram Rai says:

    अति सुन्दर ब्राह्मणवादी लेख रहेछ चाड किरातीको हो कि आर्यको हो ? बाह्र-सत्ताइसको कुतर्क गरेर त नहोला नि दशैसंग किरातीहरुको सास्कृतिक पक्ष एक छेउ पनि मिल्दैन मात्र सामाजिक पाटो खाने र रमाइलो गर्ने कुरा चाही मिल्छ किरातीको चाड भएको भए जम्मै सास्कृतिक पाटोचाही किन आर्यहरुको मात्र मिलेको नि त? मिल्नु पर्ने किरातिसग होइन र? तपाइको प्रमाणहरु जम्मै बनावटी ग्यारेन्टीवाला गहनामात्र हो ! बनावटी ग्यारेन्टीवाला गहनामा हामी अब अल्मलिने छैनौ ! झुटको खेती नगर्नुहोला अब दिन गयो जाल्झेल र ……!

  4. Kirat Rai says:

    दशै तपाईको चाड हो वा
    होईन ? बुझेर मात्र
    मनाउनु
    होला !,
    “दशै तपाईको चाड हो वा
    होईन ? बुझेर मात्र मनाउनु होला !
    (1) दशै भारतबाट आयत
    गरेको चाड हो । नेपालको
    भूभागसंग र
    नेपालका आदिवासी
    जनजातिसंग दशैको कथाको सम्बन्ध
    भएको ईतिहांस काहि कतै
    कसैले पढनु भएको छ ?
    (2) गोरखा राज्य विस्तार
    भए पछि अतिहिन्दुवादी
    निरंकुश गोरखाका शाह राजाले
    आदिवासी जनजातिलाई
    पहाडे
    बाहुनको शासन,
    हिन्दुधर्म–संस् कृति र खस भाषालाई
    स्वीकार्न बाध्य परेको
    ईतिहांस १२ बजेको घाम
    जतिकै छर्लङ छ

    (3) राई : दशैको टिका थाप्न राणा शासकको
    आदेश पालन
    नगर्दा आदिवासी
    जनजाति राम्लिहाङ
    राई र
    रिदमा राईलाई झुण्डाएर हत्या गरेको
    थियो ।
    (4) लिम्बु : सन १८३१ मा
    गोरखाका शाह राजाले
    दशै नमाने
    लिम्बुहरुको सुव्वाङ्गी र किपट खोस्ने धम्की
    दिएकोले बाध्य
    भएर लिम्बुहरुले दशै
    मानेका हुन । जोगीको
    वेशमा लिम्बु
    गाउँमा जासुस पठाएर दशै नमान्ने लिम्बुहरुलाई
    चरम
    यातना दिएर दशै मान्न
    बाध्य बनाएका थिए ।
    (5) नेवा : षडयन्त्रपूर्वक
    गोरखाका राजाले काठमाडौ उपत्यका कब्ज
    गरेता पनि नेवाहरुले
    गोरखा राजाको शासन
    स्वीकारेका थिएन्न ।
    नेवाहरुलाई
    गोरखा राजाको शासन स्वीकार्न बाध्य बनाउन
    गोरखा दरबारबाट
    फुलपाती ल्याएर
    काठमाडौको टुडिखेलमा
    फुलपाती बढाई गरेर
    नेवाहरुलाई दशै मान्न बाध्य बनाएका
    थिए ।
    (5) गुरुङ : पृथ्वी नारायण
    शाहको आदेश अनुसार
    सेनमा काम गर्ने
    गुरुङहरु, उनीहरुका परिवारहरुलाई र
    गोरखाका नजिक
    गाउँका गुरुङहरुलाई
    दशैमा अनिवार्य पशु बलि
    दिनु पर्ने र
    बलि दिए पछि हत्केलामा रगत लगाएर ढोकाको
    दायाँ र
    बाँया लगाउन बाध्य
    बनाएका थिए । बिक्रम
    सम्बत १८२६
    देखि राजेन्द्र बिक्रम शाहले गुरुङहरुलाई लामा
    पुजारी राख्न
    बन्देज लगाएरु बाहुन
    पुजारी चलाउन बाध्य
    बनाएका थिए ।
    (6) मगर : बिक्रम सम्बत १६१६ मा द्रब्या शाहले
    खडका मगर
    राजालाई निर्मम हत्या
    गरेको मगरहरुमाथी
    शासन
    गरेको दिनदेखि मगरहरुलाई दशै मान्न
    बाध्य बनाएको इतिहास
    छ ।
    (7) तामाङ : सुनकोशीको
    बगरमा हातियार
    लुकाएर राखेर पृथ्वीनारायण शाहले
    तामाङका राजा रिन्जेन
    दोर्जेलाई
    मित लगाउन विना
    हतियार आउनु भनेर
    तिमाल बेशी भन्ने ठाउँमा बोलाए
    निर्ममतापूर्वक हत्या
    गरेर तामाङहरुलाई दशै
    मान्न बाध्य बनाएका
    थिए ।

  5. जनजाति अधिकारकर्मी says:

    हन्जोदारो, हरप्पा, चान्हुदारो, हिमाचल, उत्तरान्नण्ड आदि भूमि किरातको नेपाल भूखण्डमा प्रवेष हुनु पूर्वको स्थल हो र उनीहरुबाट प्राचीन भारतिय आर्यहरुले सांस्कृतिक, आर्थिक तथा धार्मिक उन्नयनको निम्ति धेरै असल बिशेषताहरु ग्रहण गरे भन्ने डा. साहेबको तर्क प्रति सहमति जनाउँन मेरो अध्ययन सम्मत नै ठान्दछु । यहाँ प्राचीन भारतिय आर्यहरु भनी उल्लेख गर्नुको उद्देश्य नेपालका ब्राह्मण क्षेत्रीहरु सँग ऐतिहासिक आधारमा फरक देखाउनु हो । खश मूलका आर्यहरुलाई समेत प्राचीन हिन्दु धर्म ग्रन्थहरुमा संस्कार च्युत, नरभक्षी तथा बर्बर भनी चित्रण गरेको तथ्य प्रती हाम्रो ध्यान जान आवश्यक छ । भारतिय आर्यहरुको रक्त सम्बन्ध इरानीहरु सँग जति निकट छ सायदै खश मूलका आर्यहरु सँग त्यति निकट होला । त्यसो भएता पनि बिगतको दुई सहश्राब्दीमा भारतिय आर्यहरुको सांस्कृतिक तथा धार्मिक निकटता भने आवेस्त धर्मी इरानीहरु सँग भन्दा खशहरु सँग विशेष रह्यो । तथ्यहरुले यस्तै देखाउदछ । अशुर (Ahur) पूजक प्राचीन पर्शियन अथवा इरानीहरुको मोहम्मदवाद तिर धार्मिक परिवर्तन हुदा भारतिय आर्यहरु सँग सम्बन्ध हालमा नदेखिएको मात्र हो ।

    हिन्दू धर्म र मान्यतालाई अक्षरस आर्य मूलको मान्ने दुई अतिवाद पाइन्छ । एक हिन्दू धर्म प्रती आस्था राख्ने खश तथा भारतिय आर्यहरु आफैमा र अर्को आर्येतर समुदायहरुमा । सत्य हो बेद, ब्राह्मण, आरण्यक, उपनिषद, पुराण तथा स्मृति ग्रन्थहरुमा हामी इतिहास, धर्म, संस्कार आदिको प्रचुरता पाउँदछौं । तर तिनीहरुको पुरातात्विक, ऐतिहासिक, भाषा बिज्ञान तथा नृतत्व बिज्ञान सम्मतताको खोज नगरी हो अथवा होइन भन्ने बौद्धिक आडम्बर छाट्न पुग्यौं भने अपेक्षित प्रतिफल प्राप्त हुन सक्दैन ।
    जहाँसम्म किरात समुदायको कुरा छ, यसको विशिष्ट धार्मिक, सास्कृतिक, भाषिक तथा राजनैतिक पक्ष माथि सुक्ष्म र समष्टिगत अध्ययन अनुसन्धान नगरी हिन्दु धर्म सम्मत ढंगबाट लेख्ने, प्रचार प्रसार गर्ने र हिन्दु धर्म अनुसार नै ब्याबहरित हुनु पर्दछ भन्ने अतिवादबाट यो समुदाय आहत भै आएको देखिन्छ ।

  6. Gyanendra rai says:

    आदरणीय डा. कविताराम श्रेष्ठ ज्यू , हजुरले पी.एच.डि. नेपाली साहित्यको कथा विधामा गर्नु भएको हो कि क्या हो ? प्रस्तुत लेख “कुनै एक बाहुन नेता …….” बाट सुरु गर्नु भयो नि । यस्तो त मैले सानो छँदा दन्ते कथामा सुनेको थिए — एका देशमा एउटा राजा थियो रे ,…. आदि ईत्यादि । दशैंको विषयमा त यो तर्कलाई बकवास नै भन्छु म पनि । शंका त मलाई तपाईले भनेको त्यो एक बाहुनमा छ कि त तपाईमा नै ।

  7. सम्भब आर्य शर्मा says:

    आफ्नो धर्म बिनास गरेर क्रिस्चियन भएका हरु को भुकंते दाउ लाइ सबै जनजाति ले आत्मसात गरेका छन् ! यो बर्ष को दशैं सबै नेपाली ले दुख को घडी मा पनि उल्लास मय रुप मा मनाए !

  8. Radhung says:

    Tyso bhae maishasur ra durga Debi bhaneko ko hun?
    Kina durga debiko puja garinchh?
    Maishasurlai kin, kasari Mario?

    Tyasko pani itihas lekhau na!!

  9. Parsuram rai says:

    डाक्टर साहेवको तर्कहरू सवै केटा केटीहरूलाई
    मिठाई दिएर फकाउने जस्तो लाग्यो ।

    यस्तो कुतर्कहरू नदिएकै राम्रो ।

  10. Sureshbung Rai says:

    Hijo dasain kasko thiyo kasko thiyena tyo bhanda pani aaja dasain kasko ho yo thulo kura ho . Ma ra mero aarya sathi bidesh ma basda malai chiniya ra mero aarya shathilai Indian bharati bhanthe jaba dasain aayo na Indian le na chiniya le chamalko thika ra jamara lagaye shrip maile ra mero sathi le lagayeu tyo din dekhi sara bideshiharu le hami dui lai yee chinese pani hoinan ra Indian pani hoinan yee Nepali hun bisudda Nepali hun bhanera chine aaja dasain Nepali ko pahichan bani sakeko Chha yasma bibad garnu bhanda dasain Nepaliharu ko mahan chad bhanera biswama ajhai chinauna jaruri chha. India ma chamal ko tika lagaune lai hijo samma Murkha bhanera hepthe tara aja yo nepaliharu ko chhad ho ra yee murkha hoinan yee Nepali hun bhanera chinisake. Yo ho ni Nepali ko pahichan .

  11. Tivan Rai says:

    यो आलेख पढे । दोधारमा छु, किनकी मेरो समुदायमा टिका लगाउन छाडेको २ दशक भयो । ८०% आदीवासी जनजाति भएको देशमा (जो किरातहरु)२०% आर्यहरुले शासन सत्ता चलाएको छ । त्यसकारण दशै, तिहार जस्ता चाडहरु मनाउन किरातहरुलाई आर्यहरुले लादेको हो भन्ने समुदायका अगुवाहरु बताउछन् । सबैभन्दा लादेको भन्ने शब्द आउदा मलाई आक्रामक सोच आउछ । किनभने सानोहुँदा कसैले पिट्छ, एउटा इगो बन्छ, तर सधैभरी सानो मात्रै त रहीदैन ठूलो पनि भइन्छ । अब इगो रहीरहेपछि जस्ले आपूmलाई पिटेको छ, उसलाई अवश्य पिट्न नै मन लाग्छ । त्यो स्वभाविक हो । यदि जतिबेला आर्यहरुले दशै, तिहार जस्ता चाडहरु लादेको हो (जतिबेला किरातहरुले आफ्नो पहिचान के हो भन्ने जानेको थिएन) भने अबत वर्गीय हिसाबमा किरातहरु प्नि केही सक्षम भएका छन् । तर आर्यहरुले त्यसो नगरी जस्को चाडभए पनि हिन्दुकरण गरी हिन्दुहरुको महान चाड भन्दैमा त के बिग्रन्छ र ? किन भने पहँुच हुदा जस्ले पनि जित्छ । चुनावमा जस्को पहुँच हुन्छ उसैले जित्छ । डाक्टर श्रेष्ठको आलेख राम्रो लाग्यो, किनभने कसैले विषयवस्तु नउठाईकन बहसको विषय सुरु हुँदैन, आलेख ठिक वा बेठीक हो खोज तथा अनुसन्धानको विषय बनेको छ । यसमा हामी किरात भनेर चिनीनेहरुको काधमा जिम्मेवारी थपीएको छ । लागौ किरातीहरुहो वास्तविकताको पछाडी ।
    अन्तमा ः यो आलेख पढेर कोही किरात खुशी र कोही आर्य रिसाउनु पर्ने देखिदैन । किनभने विचार प्रस्तुत गदैमा के नै बित्ने छ र ? त्यही भएर न तपाईको बिचार र मेरो विचार फरक भएको ।
    हौवा,

Leave a Reply

Your email address will not be published. Required fields are marked *