इशान नरहे पनि छोडेर गएका छन् संझनाहरु…

ishan

एउटा कुशल फिल्ममेकर बन्ने सपना बोकेका इशानले डिसेम्बर ९ तारीख देहत्याग गरे । स्याङ्जा घर भई हाल एक नाबालक छोरी र पत्नी साथ हङकङ बसोबास गर्दै आएका  उनी सकुशल ओछ्यान लागेकोमा बिहान श्रीमतीले मृत अवस्थामा फेला पारेकी थिइन् ।परिवार र साथी भाइ माझ प्रिय इशान फिल्म मेकिङमा विशेष रुचि राख्दथे । उनले भिडियो मेकिङको स्वाध्ययन गर्दै प्रसिध्द पप गायक नवीन के भट्टराईको म्युजिक भिडियो समेत हङकङबाट निर्माण गरेका थिए ।

नृत्यकार तथा मोडल श्रीप्रसाद गुरुङ इशानलाई संझिँदै भन्छन्,”इशान अत्यन्तै मिहेनती थिए । हामीले म्युजिक भिडियो लगायत सर्ट मुभिमा काममा सहकार्य गरेका थियौं । ब्यस्तताका कारण पूरा हुन नसकेको सर्ट मुभि इशानको निधनसँगै अधूरो भएको छ ।”

रोजी र श्रीद्वारा अभिनित निम्न भिडियोको संपूर्ण कार्य इशानले गरेका हुन् ।

 

उमेरको ३ दशक मात्रै बाँचेका इशान नेपालमा हुँदा स्कूल टिचर समेत रहेका थिए । वैदेशिक रोजगारको लागि दुबईमा कार्यरत हुँदा इशानको हङकङमा रहेकी धरानकी स्थायीवासी अनलाइन मार्फत कुमारी थापासँग प्रेम सम्बन्ध गाँसियो । प्रेम सम्बन्धले वैवाहिक रुप लिएपछि ६ साल पहिले हङकङ आएका इशान लामो समय चिम सा चुईको हार्बर सिटी प्लाजाको बर्गर रेस्टुरेन्टमा कार्यरत थिए। आकर्षक आय आर्जन हुने कन्स्ट्रक्सन क्षेत्रमा उत्रेको केवल ७-८ महिना भएको थियो ।

साथी भाइ तथा आफन्तले आज इशानको नाममा याउ मा तेइको गुम्बामा बत्ती बाले । इशान अब यस दुनियाँमा नरहे पनि इशान ड्रिमवर्क्स् मार्फत् उनले गरेका कामहरु हामीलाई छोडिगएका छन् , सानो उमेरमा उनले दिएका कृतिहरुले गर्दा उनी सदा स्मरणीय रहनेछन् । प्रशस्त संभावना बोकेका यस्ता सिर्जनात्मक प्रतिभा गुमाउनु हङकङ नेपाली समुदायको लागि  निश्चय नै अत्यन्तै दुखद घटना हो ।

शिवराज गुरुङद्वारा निर्देशित अगेन लिम्बूको निम्न भिडियोको सिन्म्याटोग्राफी इशानले गरेका हुन् र पोस्ट प्रोडक्शन इशान ड्रिमवर्क्सले गरेको हो ।

This entry was posted in Article, Featured. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *