हङकङेली जनतालाई सरकारले राहत बाँड्ने…

आन्दोलनको मारपछि लगातार कोभिड १९ कोरोना भाइरस संक्रमणको मारमा परेको जनतालाई राहत दिन हङकङ सरकारले ३० बिलियन डलर छुट्याएको छ ।

हिंजो बेलुकी मात्रै विधायकहरुलाई प्रदान गरिएको सरकारी योजना अन्तर्गत आधा भन्दा ज्यादा रकम १६.९ बिलियन हङकङ डलर प्रभावित ब्यवसायी र विद्यार्थीहरुलाई छुट्याइएको छ भने १०.१९ बिलियन डलर भाइरस रोकथामको लडाइँमा खर्च गरिने बताएको छ । यस अन्तर्गत आवश्यक उपकरण खरिदको साथै स्वास्थ्यकर्मी लगायत क्लिनिर्स्, कन्स्ट्रक्सन र सेक्युरिटि कामदारलाई सहयोग रकम दिइने बताइएको छ ।

आन्दोलनका कारण प्रभावित भन्दै सबै स्कूले विद्यार्थीहरुलाई २५ सय डलर दिइने पूर्व घोषणा भएकोमा १ हजार डलर थप गरी ३५ सय डलर प्रति जन दिइने बताइएको छ । रेस्टुरेन्टहरुलाई २ लाख डलर, फास्ट फुडहरुलाई ८० हजार दिइने बताइएको छ । यातायात ब्यवसायी, पर्यटन ब्यवसायी र खुद्रा बिक्रेताहरुलाई पनि राहत रकम प्रदान गरिने बताइन्छ ।

भोलि शुक्रबार विधान परिषदबाट पास भएको केही हप्तामै बजेट विनियोजन गरी राहत वितरण प्रक्रिया सुरु गरिने बताइएको छ ।

राहत कार्यक्रमले रोगले गर्दा घाइतेँ बनेका ब्यवसायीको साथै चर्को मूल्यमा मास्क, हेन्ड वास, टिस्यु पेपर र ट्वाइलेट पेपर जस्ता सामान किन्न बाध्य जनतालाई केही आश्वस्त पार्ला कि त, हगि?

कोरोना भाइरसले हङकङमा हालसम्म ६५ जना संक्रमित भएको पाइएकोमा २ जनाको मृत्यु भएको छ भने ५ जना निको भइसकेका छन् । चीनमा भने यस भाइरले ७४ हजारलाई संक्रमित गर्दै २१०० बढीको ज्यान लिइसकेको छ , १६ हजार जना निको भइसकेको बताइन्छ ।

मंकोकमा हतियारधारी समूहले ट्वाइलेट पेपर लुटेपछि अनुसन्धान गर्दै प्रहरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *