हङकङमा मापदण्ड भन्दा बाहिर रहेर माक्स बेच्नेलाई ५ बर्ष जेल सहित…

हङकङमा कोरोना भाइरस प्रकोप बढ्दै गईरहेको बेला पसलहरुले फेस मास्क महंगो मूल्यमा गुणस्तर हीन, रिसाइकल जस्ता माक्स मनपरी बेचबिखन गरेको गुनासो सामाजिक संजालमा गरेपछि हङकङ भन्सार तथा उत्पादन मूल्य विभागले बुधबार साँझ एक विज्ञप्ती जारी गर्दै आफ्नो टोलीले पसलहरुमा अप्रेसन सुरु गरेको छ ।
विज्ञप्तीमा सर्जिकल मास्क बिक्री गर्दा मापदण्ड भन्दा बाहिर जान नहुने, गतल ट्रेडमार्कको प्रयोग गर्न नहुने तथा गुणस्तर र शेफ्टी प्रमाणित गरिएको हुनु पर्ने उल्लेख गरिएको छ।
विभागले सर्जिकल माक्स परिक्षण गर्दै सत्यता पत्ता लगाउन ब्रान्ड उत्पादक मालिकहरुसँग पनि संपर्क गरेको बताइन्छ ।
अनलाइन सपिङ साइटहरु प्रति पनि यस्तै किसिमको थुप्रै गुनासो रहेकोले अनलाइन साइटहरु पनि अप्रेसन गरिने बताइएको छ । साथै स्वास्थ्य सुरक्षा, ट्रेडमार्क मापदण्ड सुनिश्चित गर्न हरेक पसलहरुमा अप्रेसन जारी रहेको बताइन्छ । अप्रेसनको क्रममा कुनै अनियमितता पाइएमा तत्काल कार्वाहीको दायरामा ल्याइने बताइन्छ । कार्वाहीमा ५ बर्ष जेल सजाय र ५ लाख हङकङ डलर जरिवाना हुने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *