हङकङका जनतालाई थप राहत…

हङकङ चीफ एक्जुकेटीभ क्यारी लामले आजको  संबोधनमा हङकङका ६० बर्ष भन्दा माथिका उमेरका नागरिकहरुले सार्वजनिक यातायात भाडा अब देखि हङकङ डलर २ मात्र लाग्ने र घोषणा गरेकी छन् ।

यो भन्दा पहिले ६५ को सट्टामा  ६० वर्ष देखि मात्र ज्येष्ठ नागरिक सुविधा तथा छुट पाउनु पर्ने प्रस्तावलाई  उनले रद्द गरेकी थिइन् । आफूलाई उदाहरण बनाउँदै उनले ६० कटेपछि पनि क्रियाशील रहेको भन्दै रिटायरमेन्ट एज् झार्न अस्वीकार गरेकी थिइन् । यो कदम पनि रिटायरमेन्ट एज् कम गराउन नभई ६० काटेका ब्यक्तिहरु काममा जान उत्साहित होऊन् भन्ने उद्देश्यले ल्याइएको बताइएको छ ।

 अबदेखि  हङकङमा  सार्वजनिक बिदा १२ दिनलाई  बढाएर  १७ दिन हुने घोषणा पनि गरेकी छिन् । त्यस्तै ३ सालभन्दा बढी सरकारी भाडाको घर कुरेर बसेकाहरुलाई राहत भत्ता दिइने,  १ महिना देखि बेरोजगार बसेकालाई बेरोजगारी भत्ता दिइने बताइएको छ।

तर कहिले?
यी सबै राहत कार्यक्रम चाँडै लागू गरिने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *