वुहानबाट आएकी बिरामीलाई सार्स वा बर्ड फ्लु नभएको

चीनको वुहान बाट गएर आएकी एक महिलालाई ज्वरो आएर चुनमुन अस्पताल भर्ना गरिएकीमा उनलाई सार्स वा बर्ड फ्लु नभएको बताइएको छ । क्रिसमसको बेला वुहानमा रहेकी उनी बिमारको उदगम थलो शंका गरिएको हुनान सि फुड मार्केट नगएकी बताइएको छ । श्वास – प्रश्वास सम्बन्धी समस्या र ज्वरो आएर नयाँ सालको पूर्व सन्ध्यामा भर्ना भएकी उनलाई अलग्गै राखेर उपचार गरिएको थियो । उनको स्वास्थ्य स्थितिमा स्थिर रहेको बताइएको छ ।

चीनको वुहानमा सार्स जस्तै लक्षण रहेको रोगले हाल सम्म २७ जना बिरामी भएको बताइएको छ, जसमध्ये ७ जनाको स्थिति चिन्ताजनक रहेको बताइन्छ । यो रोगको सूचनासँगै हङकङ र मकाउले बोर्डरमा विशेष गरी वुहानबाट आउने यात्रुहरुको स्वास्थ्य जाँचमा कडाई गरेको बताइन्छ । सन २००२ र २००४ सालमा हङकङ र चीनमा सार्स र बर्ड फ्लुको कारणले सयौंको ज्यान गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *