नक्कली प्रहरीद्वारा लुट..

आफूहरु प्रहरी भएको र तलाशी लिन चाहेको भन्दै एक ६२ वर्षे ब्यक्तिलाई रोकेर लुटपाट गर्नेहरुको खोजी प्रहरी (असलीवाला)ले गरिरहेको बताइन्छ ।

नयाँ वर्षको दिन चुनमुनको किन थाइ र किन विङ् स्ट्रिटको दोबाटोमा बेलुकी ६ बजे दुई जना अपरिचितले रोकेर आइ डी देखाउन लगाएका थिए । आफूलाई प्रहरी बताएका ती ब्यक्तिहरुले २ लाख १० हजार डलरको झोला खोसेर पैदल भागेको पीडितको भनाइँ रहेको छ । उनले तिनीहरुको पिछा गर्ने कोशिस गरे पनि उनीहरु फरार हुन सफल भएको बताइन्छ ।

लगभग ३० वर्षका ती ब्यक्तिहरुलाई हुलियाको आधारमा पुलिसले उक्त क्षेत्रमा खोजी कार्य गरे पनि हालसम्म कसैलाई पक्राउ नगरेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *