कोरोना भाइरस हङकङमा पनि ..!

चाइनाको ‘वुहान’ प्रान्तबाट सुरु भएको ‘कोरोना भाइरस’ हङकङमा पनि २ जनामा देखा परेको हङकङ स्वास्थ्य संरक्षण बिभाग केन्द्रले जनाएको छ। हङकङबाट गत जनवरीमा १० मा वुहान गएका ५६ बर्षीय हङकङे पुरुष सेन्जेन हुँदै जनवरी १९ मा हङकङ फर्केका उनलाई जनवरीमा १८ बाट ज्वरो आएको उनको बिस्तृत स्वास्थ ल्याब परिक्षण पश्चात् कोरोना भाइरस पोजेटिभ देखिएको बताइन्छ ।
त्येस्तै अर्का संक्रमित चिनियाँ पर्यटक भएको बताइन्छ । उनी मंगलबार वुहानबाट हाइ स्पिड रेलको यात्रा गरि वेष्ट काउलुन स्टेसनबाट हङकङ आएको बताइन्छ । उनी वुहान बासी नागरिक भएको बताइन्छ । हाल उनीहरुको प्रिन्सेस् मार्गरेट हस्टिपलमा थप परिक्षण तथा उपचार भइरहेको बताइन्छ ।
`सार्स´ ( श्वास प्रश्वासमा गाह्रो हुने, नाकबाट पानी बग्ने तथा अत्याधिक ज्वरो आउने जस्ता लक्षण देखा पर्ने ) जस्तै महामारीको रुपमा फैलिएको यो भाइरसको कारण चाइनामा हालसम्ममा ४८-८९ बर्षका, १४ पुरुष र ४ महिला गरि, १७ जनाको मृत्यु भइसकेको बताइन्छ भने संक्रमित संख्या ५९४ जना पुगेको बताइन्छ ।

यो भाइरस संक्रमणबाट सकेसम्म बचौं :-

  • सर्जिकल माक्स अनिवार्य प्रयोग गरौ !
  • खानपिनमा बिशेश ध्यान दिऊँ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *